काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले अन्तर्राष्टिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा सम्मान गरेको हो ।
संस्थामा आवद्ध ७५ वर्ष उमेर पूरा भएका १८९ जना ज्येष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको छ । संस्थाको को मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयमार्फत सदस्यहरुलाई ऊनीको पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र ३ सय रुपैया नगदसहित सम्मान गरेको हो ।
कार्यालयसम्म आउन नसक्ने सदस्यलाई संस्थाका प्रतिनिधिले घर घरमै पुगेर सम्मान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेकराज ठकुरीले जानकारी दिए ।
संस्थाको महिला तथा सामाजिक साँस्कृतिक उपसमितिको आयोजना र ब्यवस्थापनमा संचालित कार्यक्रममा संचालक समिति, लेखा समिति, सल्लाहकार, सेवा केन्द्र ब्यवस्थापन उपसमिति र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
संस्थाले विगत १८ वर्षदेखि संस्थाको वार्षिक कार्यक्रममा बजेट छुट्याएर ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आईरहेको प्रमुख ठकुरीले बताए ।
Leave a comment