सिन्धुपाल्चोक । शुभप्रभात बचत तथा ऋण सहकारी संस्था सामाजिक कार्यमा सक्रिय देखिएको छ । सिन्धुपाल्चकोमा अवस्थित सुभप्रभात साकोसले सदस्यको हितलाई उच्च प्राथमिकता दिएको छ ।
ग्रामीण क्षेत्रमा भएको सहकारी भएपनि प्रविधि प्रयोगमा उच्च प्राथमिकता दिएको छ । एसएमएस बैंकिङ, मोबाइल बैंकिङ एप्स सञ्चालनमा ल्याएको छ । संस्थालाई व्यवस्थापकीय रुपमा सक्षम बनाइ समुदायमा आधारित दिगो संस्थागत विकास गर्न नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रममा आबद्ध भएको छ ।
यसले पल्र्स विश्लेषण, ऋण व्यवस्थापन, बजारीकरण, सदस्य हेरचाह, र लघुवित्तसम्बन्धी तालिम आयोजना गर्दै आएको छ । संस्थाले विभिन्न नीति तथा कार्यविधि बनाएर पादरर्शीढंगले संस्था सञ्चालन गरिररहेको जनाएको छ ।
अध्यक्ष विकासकाजी श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्व निर्वाहमा विशेष ध्यान दिएको बताए । संस्थाले सदस्य बिमा, सूचना प्रविधि, छात्रवृत्ति, राहत सहयोगमा विशेष प्राथमिकता दिएको छ ।
सुभप्रभातको पछिल्लो समयमा सेयर पुँजी बढ्दै गएको छ । संस्थाको सेयर पुँजी ३ करोड ६० लाख ५६ हजार ६ सय पुगेको छ । संस्थाले ४७ करोड ७ लाख २७ हजार ५ सय १ निक्षेप संकलन गरी ३४ करोड १४ लाख ९५ हजार ८ सय २५ रुपैयाँ कर्जा संकलन गरेको छ । संस्थाले ५५ करोड ५४ लाख ५७ हजार १ सय ४४ रुपैयाँ कारोबार गरेको छ ।
संस्थाका सचिव डिल्लीप्रसाद तिमिल्सानाले संस्थाको कुल सम्पत्ति ४२ करोड ९८ लाख ८९ हजार १ सय ९१ रुपैयाँ पुगेको छ । संस्थामा चार हजार बढी सदस्य छन् । संस्थाले साविकको निरन्तर बचत तथा ऋण सहकारीलाई एकिकरण समेत गरेको छ । संस्थाले आफ्नै भवनबाट सदस्यलाई सेवा दिइरहेको छ ।
Leave a comment