काठमाण्डौँ । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सेयर पुँजी बढाउँदै लगेको छ । गत वर्षको तुलनामा ८।१८ प्रतिशतले सेयर पुँजी वृद्धि गरी ९ करोड ९४ लाख ३६ हजार ५ सय रुपैयाँ पुगेको छ । संस्थाको १२ औँ बार्षिक साधारण सभामा संस्थका प्रमुख कार्यकारी संचालक हेमबहादुर कार्कीले जनाए ।
संस्थाले प्रविधिमा जोड दिएको छ । रेमिट्यान्स, इटेलर, मिस्ड कल, फण्ड ट्रान्सफर, ट्याब्लेट बैंकिङ क्युआर भुक्तानी सेवा, वालेट ट्रान्सफर सेवा सञ्चालन गरेको छ । प्रमुख कार्यकारी अधिकृत कार्कीले गत वर्षको तुलनामा ३५।५० प्रतिशतले वृद्धि गरी १ अर्ब ४६ करोड ६३ लाख ७३ हजार २ सय रुपैयाँ निक्षेप संकलन गरेको जनाएका छन् ।
गत वर्षको तुलनामा २२।४३ प्रतिशतले वृद्धि गरी १ अर्ब ७३ करोड ४२ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह भएको सभालाई जानकारी दिए । आर्थिक वर्ष कोष र जोखिम कोषमा रकम वृद्धि गरिएको संस्थाले जनाएको छ ।
संस्थाले आर्थिक वर्ष २०७७र७८ मा कर अघि ४ करोड १४ लाख १३ हजार ५ सय रुपैयाँ नाफा गरेको छ । यो गत वर्षको तुलनामा २८।५४ प्रतिशतले बढी हो । संस्थाले १७।८८ प्रतिशतले वृद्धि गरी कुल सम्पत्ति २ अर्ब १ करोड ४४ लाख
६ हजार १ सय रुपैयाँ पुगेको प्रमुख कार्यकारी अधिकृत कार्कीले बताए । सहकारीले सदस्य राहत कोष नीति अवलम्बन गर्दै विशेषरुपमा कार्यान्वयन गर्ने जनाएको छ । प्रविधिमैत्री सेवा दिन सहकारीले छुट्टै विभाग खडा गर्ने तयारी गरेको छ ।
अध्यक्ष रामप्रसाद आचार्यले २०६६ मा ४२ लाख ६३ हजार सेयर पुँजीबाट सुरु भएको संस्था १० करोड पुग्दा खुसी लागेको बताए । सुरुमा २५ जना सदस्यबाट सुरु भएको सहकारीमा हाल २ हजार २ सय ७० जना सदस्य छन् । जगेडा कोष र अन्य कोष पनि मजबुत बनाउँदै लगेको उनले बताए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत रचनात्मक काम गरेको छ । लेखा समिति संयोजक मोहनबहादुर बुढाथोकीले कर्जा समितिको काम कारवाही अझ प्रभावकारी बनाउन कर्जा उठाउन पहल गर्न सुझाएका छन् ।
संस्थाले बनाएका नीतिहरुको अभ्यासमा जोड दिएको छ । सदस्य शिक्षा र कर्मचारीलाई ज्ञान, सिप र क्षमता विकास तथा तालिम, अवलोकन भ्रमणको व्यवस्था गर्न जोड दिइएको छ ।
सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment