हाइलाइट

सिन्धु कन्टेनरले ८ प्रतिशत लाभांश दिने

सिन्धु कन्टेनरले ८ प्रतिशत लाभांश दिने :: Sahakari Akhabar

काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई ८ प्रतिशत लाभांश दिने भएको छ । सहकारी संस्थाको सेयर लाभांश कोषबाट ६ प्रतिशत र अन्य कोषबाट सदस्यको कारोबारका आधारमा २ प्रतिशत लाभांश लिने निर्णय गरेको हो ।

संस्थाको ११ औँ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष बच्चु पौडेलले प्रगती पैतिवेदन प्रस्तुत गरेको थिए । संस्थाले गत वर्ष ५ प्रतिशत लाभांश दिएको थियो । कोषाध्यक्ष रामहरी कार्कीले प्रस्तावित आय व्यव विवरण प्रस्तुत गर्दै संस्थाको सेयर पुँजी १३ करोड ४२ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

संस्थाले १४ करोड ३७ लाख ७८ हजार बचत संकलन गरी ३२ करोड ७२ लाख ४३ हजार कर्जा प्रवाह गरेको छ । १ हजार ७ सय ८७ जना सदस्य छन् । 




Leave a comment