हाइलाइट

उग्रतिर्थ साकोसको १२ औं सभामा विभिन्न व्यक्तित्व सम्मानित

उग्रतिर्थ साकोसको १२ औं सभामा विभिन्न व्यक्तित्व सम्मानित :: Sahakari Akhabar

सहकारी क्षेत्रमा नीतिगत सुधार गर्छु :मन्त्री लामा 

काभ्रे । बाग्मती प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर लामाले सहकारी क्षेत्रका समस्या समाधानको लागि आफूले नीतिगत सुधार गर्न पहल गर्ने बताएका छन् । 

बनेपामा उग्रथिर्थ बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा उद्धघाटन गर्दै उनले गलत काम गर्नेलाई नीति बनाएर कानूनको दायरामा ल्याउने दाबी गरे ।

‘आफु रहदाँ सम्म कुनै गलत काम गर्दिन, गलत काम गर्नेलाई नीति बनाएर कानूनको दायरामा ल्याउँछु,’ मन्त्री लामाले भने, ‘एकाध सहकारीहरुले जनताको पैसामा खेलाँची गरेकाले त्यस्ता सहकारीहरुलाई नियमन गर्नुपर्नेछ ।’ बाग्मती प्रदेशमा सबैभन्दा धेरै सहकारी रहेको भन्दै उनले तीन खम्बे अर्थनीतिमा सहयोग गरेको तर्क गरे । 

आर्थिक बर्ष २०७७/७८ मा ४ करोड ६२ लाख शेयर पुँजी, ३७ करोड ७ लाख निक्षेप र ४३ करोड ऋण लगानी गरेको संस्थाका सचिव शान्तमणि रिजालले जानकारी दिए ।

कोरोना माहामारीका समयमा सामाजिक दायित्व अन्र्तगत स्थानीय सरकारलाई नगद, विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य, खाद्यान्न सामाग्री र  आजाद मावि बनेपाका विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरेको रिजालले बताए । 

कार्यक्रममा रिजाललाई गोल्ड मेडलले सम्मानित गरिएको थियो भने सबिना थापा र सबिता चित्रकारलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बलराम अधिकारी, काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदार, नेपाल सरकारका पूर्व उप–सचिव तथा सहकारी विज्ञ हरि वशिष्ठकाे उपस्थिति रहेको थियो ।

त्यसैगरी कोपोरेटिभ म्यानेजर क्लब (सिएमसी) काभ्रेका अध्यक्ष विवेकराज ठकुरी, बागमति प्रदेश बचत संघ काभ्रेका प्रभु केशव दाहाल, युवा व्यवसायी, समाजसेवी तथा दि ग्राण्ड गुण्डु रिसोर्ट भक्तपुरका अध्यक्ष विज्ञान राई, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी, संस्थाका अध्यक्ष मोहन गजुरेललगायतले कार्यक्रम सफलताको कामना गरेका थिए । 




Leave a comment