काठमाण्डौ । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले असोज ९ गते भर्चुअल माध्यामबाट साधारण सभाको समापन गरेको हो ।
संस्थाले असोज १ गतेबाट सदस्य उपस्थित गराएर सुझाव संकलन गरेको थियो । सभामा संस्थाका अध्यक्ष बासुदेव घिमिरेले आर्थिक वर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले उक्त आवमा ३९२ जना सदस्य थप भएर २६२८ जना सदस्य पुगेको जानकारी गराए । त्यसैगरी संस्थाले कार्य विस्ताको प्रस्ताव गरेकोमा बागमती प्रदेश सहकारी विभागले सहगोग नगरेको बताएका छन् ।
संस्थाले सहकारी उपभोक्ता पसल संचालन गरेको जानकारी दिएका छन् । सिन्धुलीमा गाइ पालन, बाख्रा पालन, दूध डेरी, तरकारी तथा फलफूल खेती संचालन गर्ने योजना रहेको बताए । त्यसैगरी संस्थाले संस्था एकिकरण गर्ने कार्यलाईलाई अघि बढाउने बताएका छन् ।
उक्त आर्थिक वर्षमा विभिन्न सामाजिक, सास्कृति तथा बाताबरणिय कार्य गरेको जनाए । कोरोना भाइरसबाट प्रभावित सदस्यहरुलाई राहत प्रदान, ऋणको ब्याजमा कुल ५ लाख ४२ हजार २८० रुपैयाँ छुट प्रदान गरेको जनाए ।
संस्थाले सदस्य समृद्धि योजना मार्फत सदस्यको आर्थिक उन्नती गर्न टेवा पुगेको सभामा जानकारी दिएका छन् । अध्यक्ष घिमिरेले सदस्य बृद्धि, शेयर पूँजी तथा संस्थाको वासलातमा वृद्धि गर्ने र ६० जना सदस्यलाई स्वरोजगार बनाउने लक्ष्य लिएको बताएका छन् ।
उनले सदस्य तथा कर्मचारी शिक्षा तालिमलाई प्राथमिकता दिनेलगायतका रोजगारमूलक तथा आयमूलक कार्यलाई प्राथमिकता दिने योजना रहेको सभालाई जानकारी दिए । सभामा संस्थाका प्रवन्ध संचालक सुमन विक्रम थापाले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको थिए ।
उनले संस्थाको शेयर पूजी वृद्धि भइ ४ करोड ५८ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको जानकारी गराए । त्यसैगरी संस्थाले २१ करोड ९३ लाख ७१ हजार १२७ रुपैयाँ बचत संकलन तथा ३३ करोड १ लाख ६ हजार १७६ रुपैयाँ ऋण लगानीमा रहेको जानकारी गराए । संस्थामा कुल २ करोड २४ लाख २१ हजार ७४८ रुपैयाँको कोष रहेको जनाए ।
उनले अघिल्लो वर्षको तुलनामा खुद नाफामा वृद्धि भइ १ करोड ९ लाख ३७ हजार ७८८ रुपैयाँ पुगेको जनाएका छन् । सभामा संस्थाका लेखासमितिका संयोजक नारायणदेव श्रेष्ठले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेको थिए । संस्थाको गोकर्णेश्वर ५ जोरपाटीमा एउटा सेवा केन्द्र रहेको छ ।
Leave a comment