काठमाण्डौ । कोटेश्वरमा रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले सुदिप कुमार खनालको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ भने उद्धव कुमार बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा रामप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्ण प्रसाद गौतम र सदस्यहरुमा यशोदा पौडेल, दुर्गा बहादुर पोखरेल र बालकृष्ण बुढाथोकी रहेका छन् भने लेखा सुवरीवेक्षण समिति सदस्यमा शिवराज चौलागाईं र नारायण प्रसाद भट्टराई रहेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीको प्रमुख आतिथ्यतामा समापन सभामा प्रमुख अतिथि पराजुलीले सहकारी सहकार्यको प्रतीक भएको भन्दै सबैले मिलेर संस्थालाई अघि बढाउन शुभकामना दिएका थिए ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खनालले २०६८ सालमा तत्कालिन वडा नं ३५ कार्यक्षेत्र लिएर स्थापना भएको संस्थाको हाल काठमाण्डौ महानगरपालिकाभर कार्यक्षेत्र विस्तार भएको उल्लेख गरे । २५ जना सदस्यबाट बाट २५००० रकम जम्मा गरी शुरु भएको संस्थाको हाल शेयरपुँजी १ करोड ९९ हजार पुगेको उनले जानकारी दिए ।
संस्थाले गएको आर्थिक वर्ष २०७७।०७८ को अन्त्यमा संस्थामा ३ करोड ७६ लाख ६३ हजार बचत संकलन र ३ करोड ८० लाख ५७ हजार कर्जा लगानी रहेको छ । संस्थाको कुल वासलात ५ करोड ३५ लाख ५३ हजार पुगेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गर्दै संस्थाले आश्विन ४ गतेबाट सभा शुभारम्भ गरी सदस्य उपस्थिति दर्ता तथा प्रतिवेदन वितरण थालनी गरी ९ गते समापन गरेको हो । संस्थाका व्यवस्थापक खेलनाथ सिग्देलले सञ्चालन गरेका गरेका थिए ।
Leave a comment