हाइलाइट

सिम्रिक साकोसद्धारा सदस्यको ऋण मिनाह

सिम्रिक साकोसद्धारा सदस्यको ऋण मिनाह :: Sahakari Akhabar

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मृतक ऋणि सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाले धुलाबारी सेवा केन्द्रका लघुवित्त तर्फका सदस्य जीतमाया राईको असामयिक निधन भएकोले उनको लिएको ऋणको बाँकी रकम ३ लाख ४८ हजार २१३ रुपैयाँ मिनाहा गरिएको जनाउको छ ।

त्यसैगरी संस्थाले धुलाबारी सेवा केन्द्र कै अर्का सदस्य पानमती राजवंशीको निधनप्रति शोक व्यक्त गर्दै संस्थाले उनको ९७ हजार ९५३ रुपैयाँ ऋण मिनाहा गरेको जनाएको छ । साथै संस्थाबाट राजवंशीको परिवारलाई काजकिरिया खर्च वापत १८ हजार रुपैयाँ पनि प्रदान गरिएको छ ।

त्यसैगरी संस्थाले बुधबारे सेवा केन्द्रका शेयर सदस्य चित्रबहादुर राईको मुटुको शल्यक्रिया गराएकोले उपचार खर्चवापत २५ हजार रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी धुलाबारी सेवा केन्द्रका सदस्य संगीता भुजेललाई पाठेघरको शल्यक्रिया गर्न उपचार खर्च राहत वापत २५ हजार रुपैयाँ प्रदान गरिएको छ । सोही कार्यालय अन्तरगतका सदस्य धनमाया दासको हातको शल्यक्रिया गर्न २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।



Leave a comment