काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सदस्यहरुलाई १४.४२ प्रतिशतका दरले शेयर लाभांश दिने निर्णय पारित गरेको छ ।
संस्थाले संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई ४ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निणर्य गरेको छ ।
सभामा संस्थाका सचिव जयराम थापाले आर्थिक वर्ष ०७७/०७८ को प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राधेश्याम केसीले आर्थिक प्रतिवेदन वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरेका थिए ।
त्यसै गरी समामा लेखा सुपरिवेक्षण समितिको तर्फबाट सदस्य सन्तोष आचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले आर्थिक वर्ष ०७७/०७८ को अन्त्यमा संस्थाको कुल सम्पत्ति १ अर्व ४५ करोड १४ लाख ८ सय ४० रुपैयाँ पुगेको जनाइएको छ । संस्थाले १ अर्व १६ करोड २० लाख ७७ हजार ९ सय ६९ रुपैयाँ बचत संकलन गरेको जनाएको छ ।
त्यसैगरी संस्थाले १३ करोड ०२ लाख ५२ हजार ५ सय शेयर पूँजी रहेको जनाइएको छ । संस्थाले १ अर्व २ करोड १२ लाख १९ हजार ७ सय ८८ रुपैयाँ ऋण लगानी रहेको सभामा जानकारी दिइएको छ ।
संस्थाको संस्थागत पूँजी १० करोड २ लाख ७२ हजार ६ सय ४७ रुपैयाँ र संचालन मूनाफा ४ करोड ९८ लाख १९ हजार ५ सय ५१ रुपैयाँ रहेको जनाइएको छ ।
सभामा प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि केसी, सल्लाहकार प्राध्यापक भोलाबहादुर केसी, सल्लाहकार अधिवक्ता नवराज बडाल र सल्लाहकार भैरव केसीले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत गरेका थिए भने संस्थाकी कर्मचारी कृष्टिना श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन ।
Leave a comment