चीना थापा, विराटनगर । विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारीको २४ औ बार्षिक साधारण सभा एवं बार्षिक उत्सव मनाएको छ ।
सहकारीका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सुरुदेखि सहकारीलाई सहयोग गर्ने हेमचन्द्र वस्ती र पर्शुराम प्रसाईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा असल ऋणि र असल वचत कर्ताहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा असल बचतकर्ता तर्फ अयोधि दास, सीता भण्डारी, दिलमाया लिङदेन, सनिम ठकुरी, सनिमाया बस्नेत, सुधान्सरी ताजपुरिया, हरिकिशन राय, दया राजवंशी, सुरेस सहनी र सुधा अर्याल रहेका छन् ।
त्यसैगरी असल ऋणि तर्फ राजेन्द्र सहनी, मीना खत्वेनी, तिर्छिलादेवी यादव, पूर्णि देवी राजवंशी, उखिया देवी यादव, कुमारी साफी, हिरादेवी शाह, उर्मिला दाहाल न्यौपाने, शुशिल कुमार रेग्मी र चिन्ता गिरि रहेका छन् ।
संस्थाले एसएलसी पास गर्ने ११ जना छात्र छात्रालाई नगद ७ हजार र प्रमाणपत्र सहित ओम प्रकास गोयल स्टार छात्रबृद्धि प्रदान गरेको छ ।
छात्रावृद्धि पाउनेमा महेन्द्र रात्री माध्यामिक विद्यालय विराटनगरका अजित उराव, मिल्स माध्यामिक विद्यालयका नेबिना कुमारी राजवंशी, पुजा राजवंशी, ज्यौति कुमारी केवट र बिनस राजवंशी, जनपथ माध्यामिक विद्यालयका पुनम कुमारी कामत छन ।
त्यसैगरी सीमा राय, देवी माध्यामिक विद्यालय ग्रामथानकी समिक्षा ढकाल, सरस्वती माध्यामिक विद्यालय विराटनगरका सुष्मा तामाङ्ग र सदब हुसैन र सत्यनारायण माध्यामिक विद्यालय विराटनगरका रोशन कुमार ऋषिदेव रहेका छन् ।
सहकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सहकारीका धेरै सञ्चालकहरु पैसा लिएर भागेको धेरै उदाहरण भएको भन्दै त्यस्ता परिस्थितिलाई चुनौति दिन धेरै राम्रो सहकारी पनि रहेको बताए ।
चिनले आफ्नो विकासलाई सहकारी मार्फत नै अघि बढाएको र विकासको नेतृत्व सहकारीले लिएर सहकारीलाई कोशेढुङ्गा सावित गरेको भन्दै त्यसको सिको नेपालले पनि गर्नुपर्नेमा उनले जोड दिए ।
साधारण सभामा सहकारीका अध्यक्ष पोखरेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
सहकारीले रोजगार प्रवद्र्धन कार्यक्रम, बृदबृदा सम्मान तथा र्थियात्रा, रक्तदान, अतिरिक्त क्रियाकलाप, भौतिक पुर्वाधार, कम्प्युटरराईज प्रणली, अन्तराष्टिय सहकारी भ्रमण, कोरोना सचेतना कार्यक्रम, कोरोना आर्थिक सयोग, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसलाई आगामि दिनमा पनि निरन्तरता दिने अध्यक्ष पोखरेलले बताए । सहकारी पूर्ण प्रविधिमैत्री रहेको पनि पोखरेलले बताए ।सहकारीले ४१ करोड भन्दा बढीको कारोबार गरेको छ ।
२०५४ साल असोज ९ गते स्थापना भएको सहकारीको शेयर पुजी ३ करोड ९४ लाख ८७ हजार रहेको छ भने निक्षेप ३४ करोड ८१ लाख ५६ हजार ३०३ रुपैया रहेको छ । सहकारीले १५ करोड ६१ लाख ३१ हजार ६९० रुपैया ऋण लगानी गरेको छ ।
Leave a comment