ललितपुर । कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले नियम विपरित सेयर र कम्पनीमा लगानी गरेको पाइएको छ । सहकारी ऐन २०७४ ले कम्पनी र सेयरमा लगानी गर्न बन्देज लगाए पनि सहकारीले खुलेआम कम्पनी र सेयरमा लगानी गरेको पाइएको हो ।
पञ्चशीलले जलविद्युत लगानी तथा विकास कम्पनीमा २ लाख ९२ हजार ५ सय लगानी गरेको छ । सेयरमा १५ हजार लगानी गरिएको छ । त्यसैगरी संस्थाको रानीवन कृषि सहकारी सोसाइटीमा एक लाख लगानी गरेको पाइएको छ ।
त्यस्तै सहकारीले समानान्तर सहकारीमा नगद तथा मौज्जाद जम्मा गरेको छ । संस्थाको शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थामा ५७ लाख १८ हजार २ सय ८५ रुपैयाँ मौज्दात रहेको छ । गुडवील बचत तथा ऋण सहकारी संस्थामा ५४ लाख २९ हजार १ सय ३७, पञ्चश्री बचत तथा ऋण सहकारी संस्थामा २७ लाख ५९ हजार ९ सय ९३ रुपैयाँ मौज्दात रहेको छ ।
बहुउद्देश्यीय सहकारी भनिए पनि यसले बचत तथा ऋण बाहेकको काम नगरेको पाइएको छ । सहकारी ऐन ०७४ मा उद्देश्य अनुरुप ७० प्रतिशत मुख्य कार्य गरेको हुनुपर्ने प्रावधान छ ।
Leave a comment