चमेली कल्याणकारी साकोसको १९औं साधारणसभा सम्पन्न

चमेली कल्याणकारी साकोसको १९औं साधारणसभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७।०७८ मा १ करोड ८२ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाको १९ औं वार्षिक साधारण सभाले कोषमा रहेको शेयर लाभांश र संरक्षित पूजी फिर्ताकोषको रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सूर्यविनायक नगरपालिका वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष चन्द्रराज खड्काको सभापतित्वमा संस्थाको  साधारण सभाको समापन भएको हो। संस्थाले सीमित व्यक्तिको उपस्थितिमा विद्युतीय माध्यमबाट सभा समापन गरेको जनाएको छ ।

सभामा अध्यक्ष चन्द्रराज खड्काले २०५९ सालमा ३४ जना शेयरसदस्य र ३४००रुपैया शेयरपुँजी लिएर भक्पुर जिल्लाको  दक्षिणी क्षोत्रको  पहिलो सहकारीको रुपमा  संस्था स्थापना भएको स्मरण गरे ।

हालसम्म आइपुग्दा संस्थामा ३७४३ सदस्य र  ६४ करोड ३० लाख कुल सम्पत्ति पुगेको सभामा उनले बताए । कोभिड १९ का बीचमा समेत कुल सम्पत्ति वृद्धिको लक्ष्य ९९ प्रतिशत र ब्याज असुली ८० प्रतिशत भई सदस्यलाई १५ प्रतिशत लाभांश दिन सफल भएको उनले जनाए ।

कोरोना भाइरसको महामारीको अवस्था कायम रहेकोले सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड सम्बन्धी ललितपुर जिल्ला प्रशासनको निर्देशन तथा सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गदर्शनलाई पालना गर्दै संस्था साधारण सभा सम्पन्न गरेको जनाएको छ । सभाको समापन सीमित व्यक्तिको उपस्थितिमा विद्युतीय माध्यमबाट गरिएको थियो । 

संस्थाले भाद्र २९ गतेदेखि अशोज १ गतेसम्म विभिन्न ५ स्थानमा उपस्थिति केन्द्र तोकी सदस्य उपस्थिति एवं प्रतिवेदन वितरण एवं सुझाव संकलन  गरेको थियो भने आश्विन ३ गते समापन सभा आयोजना गरेको हो । । साधारण सभामा कुल सदस्य संख्याको ७६।१ प्रतिशत उपस्थिति रहेको संस्थाले जनाएको छ । 



Leave a comment