काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले काठमाडौं महानगरपालिका भित्रका बहुउद्देश्यीय सहकारी संस्थालाई समेटेर नगर समन्वय समिति गठन गरेको छ । सोमबार एक कार्यक्रम बीच संघले ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा साना वित्त विकास बहुउद्देश्यीय सहकारीका व्यवस्थापक दुत राज लामा, उपलब्धी बहुउद्देश्यीय सहकारीका प्रतिभा निरौला, मध्य मस्र्याङदी बहुउद्देश्यीय सहकारीका अध्यक्ष इन्द्रकुमार राई, आधारभुत बहुउद्देश्यीय सहकारीका सविना वाग्ले, बरुण बहुउद्देश्यीय सहकारीका व्यवस्थापक धनबहादुर खत्री रहेका छन् ।
त्यस्तै, अभियान बहुउद्देश्यीय सहकारीका वासुदेव खत्री, चाईना ट्रेड बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र श्रेष्ठ, शुक्रपथ बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्ले, हितकारी बहुउद्देश्यीय सहकारीका कार्यकारी प्रमुख दिप नेपाल र सद्भाव बहुउद्देश्यीय सहकारीका सचिव विदुर हुँमागाई समितिमा रहेका छन् । समितिको पहिलो बैठकबाट संयोजक तोकिने जनाएको छ ।
Leave a comment