ललितपुर । मंगलबजारमा रहेको श्री करुणामय बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा जिल्ला सहकारी संघका सञ्चालक विनोद डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
‘व्यक्ति, समूह र समाज ,एक अर्काका निम्ति सहकारी’ भन्ने आफ्नै मूल नारालाई आत्मसात गरी सञ्चालन भइरहेको करुणामय सहकारी संस्थाले आ.व. २०७७।०७८ सम्म कूल पुँजी ५० लाख ८५ हजार ८५० कायम गरेको छ भने निक्षेप ३ करोड ५६ लाख ५३ हजार पाँच सय पचास संकलन गरेको छ ।
त्यसैगरी संस्थाले ३ करोड ७० लाख रुपैया सदस्यहरुमा ऋण लगानी गर्न सफल भएको छ । संस्थाले गत आ.व. को नाफाबाट विभिन्न आवश्यक शिर्षकहरुमा विनियोजन पश्चात् शेयरसदस्यहरुलाई १८ प्रतिशत बोनस प्रदान गर्ने भएको छ ।
साथै संस्थाले मुनाफा मध्ये थप ७ प्रतिशत रकम कोभिड–१९ महामारी अनुदान कोषमा प्रदान गर्ने निर्णय समेत गरेको छ ।
ललितपुर जिल्ला बचत संघका निवर्तमान लेखा सुपरिवेक्षण समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष राजु ताम्राकार, सल्लाहकार महेन्द्र बहादुर चित्रकार, राजेश अवाले र रविन्द्र राज ताम्राकारले निति, विधि र प्रवृधिमा सहकारीलाई दोयाउनु पर्ने अभिव्यक्ति दिदै कार्यक्रम सफलताको कामना व्यक्त गरेका थिए ।
संस्थाको साधारण सभाको बन्द सत्रले अध्यक्ष उदय ताम्राकारको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र ताम्राकारको लेखा प्रतिवेदन र कोषाध्यक्ष राजेश ताम्राकारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा संस्थाको विनियम संसोधन प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
Leave a comment