हाइलाइट

बचत संघ ललितपुर २८ वर्षमा

बचत संघ ललितपुर २८ वर्षमा :: Sahakari Akhabar

काठमाण्डौँ । जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर २८ वर्षमा प्रवेश गरेको छ । संघले असोज ३ गते एक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।

२०५० साल असोज ३ गते स्थापना भएको संघले २७ वर्ष पुरा गरी २८ औँ वर्षमा प्रवेश गरेको हो । संघले प्रतिवद्धता पत्र जारी गरी संघ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पूर्व संचालक, कर्मचारी सदस्य तथा सस्थापकहरुलाई कृतज्ञता ब्यक्त गरेको छ ।

संघले विभिन्न निकायबाट पटक पटक गरी उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको छ । संघले वित्तिय कारोबार गर्दै आएको छ । वित्तिय परिचालनमा देखिने जोखिमका संबेदनशिलतालाई आत्मसाथ गर्दै वित्तिय सुशासन सहित गुणस्तरियता कायम गराउन संघमा आवद्ध सम्पूर्ण सहकारी संस्थालाई संघले आग्रह गरेको छ ।

त्यसैगरी संघले संस्थाहरुको सुशासन, विकास समृद्धिकालागि प्रतिवद्ध रहेको जनाइएको छ । 




Leave a comment