चीना थापा, विराटनगर । प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता बिवादमा परेको छ । संघ दर्तामा चरम राजनीति भएका कारण दर्ता हुन सकेको छैन् । सहकारी रजिष्ट्रारको कार्यालयमा दुइवटा फाइल गएकोले दर्ता नभएको भनिए पनि संघ दर्ता प्रकृयामा चरम राजनीति भएको पाइएको छ ।
जिल्ला संघ र प्रारम्भिक संस्थाको फाइल तानातानको अवस्था सिर्जना भएको छ । २० दिन अगाडि प्रदेश सहकारी संघले विराटनगरमा गरेको कार्यक्रममा भएको उपस्थितिलाई बहुउद्देश्यीय संघ गठनको भेलाको उपस्थिती जनाई हस्ताक्षर संकलन गरेको सहभागीले बताएका छन् ।
उक्त भेला अघिनै संघ दर्ताकोलागि प्रकृया पुर्याएर फाइल लगिएपनि बहाना बनाएर दर्ता नगरेको प्रस्तावीत संघ पहिलो फाइलका एक संचालकले बताए । प्रदेश १ मा ७ वटा जिल्ला बहुउद्देश्यीय संघ मध्ये ४ वटाको हस्ताक्षरसहित तदर्थ समिति गठन गरेको र दर्ताको प्रक्रियामा संघ अघि बढेको प्रदेश बहुउद्देश्यीय संघ तदर्थ समिति दोश्रो फाइलका सचिव माधव अधिकारीले बताए ।
‘तदर्थ समिति गठनसँगै हामीले दर्ता प्रक्रिया अगाडि बढायौ’, उनले भने, ‘१५ दिने सूचना पनि निकालेर आवद्ध हुन आउनलाई अन्य जिल्ला संघलाई पनि आग्रह गर्यौँ । तर आएनन्, हाम्रो ५० प्रतिशत भन्दा बढी भएकाले सबै प्रक्रिया पुर्याएर रजिष्ट्रार कार्यालयमा दर्ताका लागि गयौं ।’ सहकारी रजिष्ट्रार कार्यालयमा पुग्दा अर्को फाईल पनि त्यहा पुगेको जानकारी आफुहरुले पाएको उनको भनाइ छ ।
‘सहकारी रजिष्ट्रार कार्यालयमा अरु दुई ओटा जिल्ला बहुउद्देश्यीय संघ पनि गठन भएको रहेछ, हामीलाई त्यो जानकारी भएन’, उनले भने । कार्यालय पुगेपछि तपाईहरुको संख्या पुगेन भन्दै फर्काइदिएको उनले बताए ।
भुजेलको नेतृत्वमा आएको प्रदेश बहुउद्देश्यीय सहकारी संघले पछि संख्या पुर्याएर ल्याएको उनले बताए । तर हामी संघ दर्ता गर्दै छौ, इच्छुक अरु संघ पनि आवद्धका लागि आउन चाहनुहुन्छ भने आउनका लागि १५ दिनको सूचना निकाल्नु पर्ने तर त्यो काम नगरेकाले उहाँहरुको पनि दर्ता नभएको निरौलाले बताए ।
विराटनगरमा तदर्थ समिति गठन हुनुभन्दा अगाडि नै झापाका सनीपकुमार भुजेलको संयोजकत्वमा प्रदेश बहुउद्देश्यीय सहकारी संघ दर्ताकोलागि फाइल गएको थियो । उक्त समयमा प्रदेश १ मा ७ वटा जिल्ला बुहुउद्देश्यीय संघ रहेका थिए ।
७ वटा मध्ये प्रदेश बहुउद्देश्यीय सहकारी संघ दर्ताकालागि ४ वटा संघ हुनुपर्ने प्रदेश सहकारी रजिष्टार कार्यालयका प्रमुख बलराम निरौलाले भने । ‘दर्ताका लागि निवेदन परेको थियो, ४ वटा संघको निवेदन परेकोमा तेह्रथुमको जिल्ला बहुउद्देश्यीय सहकारी संघले आफुहरु आधिकारी नभएको र भूलवस निवेदन परेको भनेर निवेदन फिर्ता लिएपछि तीन वटा मात्र संघहरु भए र दर्ता प्रक्रिया खारेज भयो ।’
संखुवासभा र भोजपुरमा केहि दिन अगाडि जिल्ला बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको सहकारी रजिष्ट्रार निरौलाले भने ‘दुई ओटा जिल्ला संघ दर्ता भएपछि जिल्ला बहुउद्देश्यीय सहकारी संघको संख्या ९ पुग्यो, त्यसपछि सबै डकुमेन्ट पुगेपनि जिल्ला संघको संख्या कम भएपछि, तपाईहरुको बहुमत नभएको भनेर हामीले दर्ता नगरेको हो’ उनले भने ।
भुजेलको नेतृत्वमा आएको प्रदेश बहुउद्देश्यीय सहकारी संघले पछि संख्या पुर्याएर ल्याएको उनले बताए । तर हामी संघ दर्ता गर्दै छौ, इच्छुक अरु संघ पनि आवद्धका लागि आउन चाहनुहुन्छ भने आउनका लागि १५ दिनको सूचना निकाल्नु पर्ने तर त्यो काम नगरेकाले उहाँहरुको पनि दर्ता नभएको निरौलाले बताए ।
संघ दर्ताका लागि आएको दुई ओटा फाईलमा एउटाको संख्या चार मात्र रहेको र अर्कोको संख्या ५ पुगेपनि १५ दिने सूचना निकालेर आउन आग्रह गरेको उनले बताए । जुनले सबै प्रक्रिया पुर्याएर अगाडि आउँछ त्यही दर्ता हुने उनको भनाई छ ।
यता विराटनगरमा गठन भएको तदर्थ समितिले भने आफुहरु खुल्ला रुपमा गएको भएपनि अर्को पक्ष लुकीछिपी आएको बताएका छन् । आफुहरुसँग आएका उदयपुर जिल्ला बहुउद्देश्यी संघ पनि अहिले सम्पर्क विहिन भएर धोका दिएको सचिव अधिकारीले बताए ।
इलामको जिल्ला बहुउद्देश्यी सहकारी संघपनि फोन नउठाई बसेकाले संख्या पुर्याउन गाह्रो भएको उनको भनाई छ । कार्यक्रममा आएर हस्ताक्षर गरेर जाने अहिले पछिल्लो समयमा सम्पर्क विहिन हुनुले उनीहरु जिम्मेवार नभएको उनको भनाई छ ।
Leave a comment