हाइलाइट

लामोसाँघु साकोसको १२ औं बार्षिक साधारण सभा सम्पन्न

लामोसाँघु साकोसको १२ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

सिन्धुपाल्चोक । लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बलेफी ८ लामोसाँघुमा सम्पन्न भएको सभाको संस्थाका अध्यक्ष पुर्णचन्द्र ढकालको अध्यक्षता तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । 

सभामा बार्षिक प्रतिवेदन सचिव नेत्रप्रसाद पराजुली, बित्तीय प्रतिबेदन कोषाध्यक्ष बालकृष्ण तिमल्सिना तथा लेखा सुपरिवेक्षण मितिको प्रतिबेदन नारायण कार्कीले प्रस्तुत गरेका थिए ।

संस्थाले विभिन्न बिधामा बर्ष उत्कृष्ट सदस्य सम्मान गरेको थियो । त्यसैगरी त्री बर्षिय व्यवसायिक रणनैतिक योजना समेत पारित गरि योजना अवधिमा २ वटा सेवाकेन्द्र स्थापना गर्ने संस्थाले लक्ष्य लिएको जनाइएको छ ।

सभामा साना किसान विकास लघुबित्त बित्तीय संस्था, इलाका कार्यालय बनेपाका प्रबन्धक सरोज भट्टराई, बलेफी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चरी बहादुर तामाङको उपस्थिति रहेको थियो ।

त्यसैगरी सुनकोशी क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्य, गोरखापत्र दैनिक सिन्धुपाल्चोकका संवाददाता चित्र मिजार, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक चक्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रम संस्थाका ब्यबस्थापक रबिन बिश्वकर्माले संचालन गरेका थिए । 



Leave a comment