काठमाडौं । बसुन्धरामा रहेको उज्वल भविश्य बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा असोज ३ गते हुने भएको छ । संस्थाले प्रकाशन गरेको सूचना अनुसार असोज ३ गते आइतबार संस्थाको मुख्य कर्यालय बसुन्धरामा दिउँसो साढे १ बजे देखि सुरु हुने जनाइएको छ ।
कोरोना भाईरस ९कोभिड–१९० महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै साधारण सभा सिमित उपस्थितिमा भर्चुअल गर्ने भएको हो ।
उक्त दिन उपस्थित हुननसक्ने सदस्यहरुले संस्थाले उपलब्ध गराएको जुमआइडी मार्फत सहभागीता जनाउन सकिने सूचनामा उल्लेख छ ।
सहकारी विभागले महामारीको समयमा सुरक्षित रुपमा साधारण सभा सम्पन्न गर्न जारी गरेको मापदण्ड अनुसार सभा गर्न लागेको संस्थाले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल हुने छ भने सभामा संस्थाको सेयर लाभांस र संरक्षित पूँजी फिर्ता कोष विनियम संसोधनलगायतका विषयमा छलफल हुने संस्थाका सचिव भुपाल आचर्यले जनाएका छन् ।
Leave a comment