काठमाडौं । बौद्ध टुसालमा रहेको अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्थाको एकिकरण पछिको पहिलो वार्षिक साधारण सभा असोज १९ गते देखि सुरु हुने भएको छ । संस्थाले प्रकाशन गरेको सूचना अनुसार असोज १९ गते देखि सदस्यले २२ गतेसम्म सहभागिता जनाउन पाउने छन् । संस्थाको सेवा केन्द्र तथा मुख्य कार्यालयमा उपस्थिती जनाएर सभामा सहभागीता जनाउन सकिने जनाइएको छ । संस्थाले साधारण सभाको समापन २२ गते शुक्रबार गर्ने जनाएको छ ।
कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै साधारण सभा सिमित उपस्थितिमा भर्चुअल गर्ने भएको हो । उक्त दिन भित्रमा सदस्यहरुले आफूलाई पाएक पर्ने सेवाकेन्द्र तथा मुख्य कार्यालयमा उपस्थिति जनाउन सकीने जनाएको छ ।
सहकारी विभागले महामारीको समयमा सुरक्षित रुपमा साधारण सभा सम्पन्न गर्न जारी गरेको मापदण्ड अनुसार सभा गर्न लागेको संस्थाले जनाएको छ ।सभामा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन माथि छलफल हुने छ भने सभामा संस्थाको सेयर लाभांस र संरक्षित पूँजी फिर्ता कोष तथा संस्था एकिकरण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
Leave a comment