हाइलाइट

मेगा ड्रिम सहकारीको साधारण सभाको समापन असोज २१ गते

मेगा ड्रिम सहकारीको साधारण सभाको समापन असोज २१ गते :: Sahakari Akhabar

काठमाडौं । बालाजुमा रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको समापन असोज २१ गते हुने भएको छ । संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै साधारण सभा सिमित उपस्थितिमा भर्चुअल गर्ने भएको हो । 

संस्थाले सूचना प्रकाशन गरि साधारण सभामाको उपस्थिति पुस्तिका असोज १६ गतेदेखि २० गेसम्म खुला रहने जनाएको छ । उक्त दिनमा सदस्यहरुले आफूलाई पाएक पर्ने सेवाकेन्द्र तथा मुख्य कार्यालयमा उपस्थिति जनाउन सकीने छ । 

सहकारी विभागले महामारीको समयमा सुरक्षितरुपमा साधारण सभा सम्पन्न गर्न जारी गरेको मापदण्ड अनुसार सभा गर्न लागेको संस्थाले जनाएको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित, संचालक तथा लेखा समितिको निर्वाचन त्यसैगरी विनियम, संसोधन, संस्थाकालागि सम्पती खरिद, सेयर लाभांस र संरक्षित पूँजी फिर्ता कोषलगायतका विषयमा छलफल हुने जनाइएको छ । 




Leave a comment