काठमाडौं । महाबौद्धमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाको समापन असोज १६ गते गर्ने भएको छ । संस्थाले कोरोना भाईरस (कोभिड–१९) महामारीले स्वास्थ्य सुरक्षामा उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै साधारण सभा सिमित उपस्थितिमा भर्चुअल गर्ने भएको हो ।
संस्थाले सूचना प्रकाशन गरि साधारण सभामाको उपस्थिति पुस्तिका असोज १२ गतेदेखि १५ गेसम्म खुला रहने जनाएको छ । उक्त दिनमा सदस्यहरुले बिहान ११ बजेदेखि ४ बजेसम्म उपस्थिति जनाउन सक्ने जनाएको छ । त्यसैगरी संस्थाले साधारण सभाको समापन सभा असोज १६ गते शनिबार दिनको ३ बजे होटल यात्री ठमेलमा गर्ने जनाएको छ ।
सहकारी विभागले महामारीको समयमा सुरक्षितरुपमा साधारण सभा सम्पन्न गर्न जारी गरेको मापदण्ड अनुसार सभा गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, विनियम, कार्यबिधि, निति निर्देशीका, एकिकरण, कार्यक्षेत्र र सेवा केन्द्र विस्तार, सेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
Leave a comment