पर्यटन केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व

पर्यटन केन्द्रीय सहकारी संघमा नयाँ नेतृत्व :: Sahakari Akhabar


ललितपुर । नेपाल केन्द्रीय पर्यटन सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न साधारणसभाले प्राकृतिक पर्यटन सहकारी संस्था गोटिखेल ललितपुरका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 

उपाध्यक्षमा शिव कट्टेल, महासचिवमा देवराज पराजुली , सञ्चालकमा हरिशरण गिरी निर्वाचित भएका छन् । नयाँ नेतृत्व सर्वसम्मत चयन भएको थियो । संघले लामो समयदेखि साधारण सभा समेत गर्न सकेको थिएन ।

यस अघि संघको अध्यक्ष लक्ष्मण यादव रहेका थिए । उनी हाल राष्ट्रिय सहकारी महासंघको सञ्चालक रहेका छन् । साधारण सभा राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, अध्यक्ष मीनराज कंडेल, सञ्चालक केबी उप्रेती लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।




Leave a comment