घामपानी सहकारीको मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सुरु

घामपानी सहकारीको मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सुरु :: Sahakari Akhabar


पोखरा । चिप्लेढुङ्गामा रहेको घामपानी बचत तथा ऋण सहकारी संस्थाले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको सुरुआत गरेको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सेवाको सुरुवात गरेको हो । 

संस्थाका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले सेवा सुरुवात भएको जानकारी दिएका हुन् । भदौ २३ गते संस्थाको सातौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष विजुक्छेले सदस्यहरुलाइ छिटो छरितो र सहज रुपमा वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सुभारम्भ गरीएको बताए ।

संस्थाका प्रवन्धक रबिन्द्र तिवारीले संस्थाको मोबाइल बैंकिङ्ग एप्सबाट मोवाइल रिचार्ज गर्न, टि.भि.,इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानीको बिल भुक्तानी गर्न, आन्तरिक जहाज टिकट बुकिङ्ग गर्न सकिने जनाए ।

त्यसैगरी चेक बुक माग गर्न तथा चेक रद्ध गर्न, खाताको विवरण प्राप्त गर्न, व्यालेन्सको जानकारी प्राप्त गर्न, कर्जाको किस्ताभुक्तानी गर्न, इ सेवालोड तथा इ सेवा बाट खातामा रकमान्तर गर्न, फोन पे मार्फत भुक्तानी गर्न, सहकारी बाट बैंक खातामा रकमान्तर गर्न सकिने जानकारी दिए ।

संस्थाले सरल र सहज रुपमा सदस्यहरुलाई वित्तिय सेवाप्रदान गरीएको जानकारी दिए । प्रवन्धक तिवारीले आगामि दिनमा प्रविधि र सदस्य सेवालाइ नैं प्राथमिकतामा राखि सदस्य सेवालाइ अझ विस्तार गरीने बताए ।

कार्यक्रममा उपाध्यक्ष निर्मल जोजिजू, सचिव बल बहादुर थापा, कोषाध्यक्ष किरण बराल, शेयर सदस्यहरु बुद्ध गुरुङ्ग, अर्जुन भारी र कृष्ण थापाले शुभकामना मन्तब्य राखेका थिए । 




Leave a comment