तीर्थ साकोस १२ औँ वर्षमा

तीर्थ साकोस १२ औँ वर्षमा :: Sahakari Akhabar

काठमाण्डौ । चाबहिल मित्रपार्कमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको ११औं वर्ष पूरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । ‘गुणस्तरीय वित्तीय सेवा सहितको दीगो व्यवसायिक साकोस’ भन्ने परिकल्पना गर्दै २०६७ भाद्र २३ गते संस्था स्थापना भएको होे । 

विगत डेढ वर्षदेखि मुलुकमा कोरोना भाइरस महामारीबाट आक्रान्त भएको र यसबाट बच्न लगाइएको लकडाउन र निषेधाज्ञाबीचमा पनि संस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड, सहकारी विभागको मार्गनिर्देशन र सञ्चालक समितिले पारित गरेको जोखिम व्यवस्थापन कार्यविधिको पालना गर्दै महामारीका अवस्थामा पनि सदस्यहरुलाई निरन्तर सेवा दिँदै आएको अध्यक्ष अनन्त श्रेष्ठद्वारा जारी स्थापना दिवस सन्देशमा उल्लेख छ । 

संस्थाले सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै प्रविधिको प्रयोगमा जोड दिँदै तीर्थ मोबाइल बैंकिङ सेवाका साथै क्यूआर कोड वितरण गरेको उनले उल्लेख गरेका छन् । त्यसैगरी आगामी दिनमा प्रविधिको उच्चतम प्रयोग गरी आफ्नो बचत खातामा रहेको रकम हेर्न र नगदरहित कारोबार गर्न सदस्यहरुलाई उनले अपील गरेका छन् । 

सेवालाई परिष्कृत गर्दै निकट भविष्यमा ३६५ दिन नै कार्यालयबाट वित्तीय सेवा प्रदान गर्ने योजनासहित संस्था अगाडि बढेको उनले जानकारी गराए । 

संस्थालाई हालको अवस्थासम्म सफलतासाथ ल्याउन सहयोग गर्ने सदस्य, सञ्चालक, कर्मचारी, विभिन्न समिति, उपसमिति सदस्यहरु, सल्लाहकार, शुभचिन्तक, सहकारी संघसंस्था तथा नियामक निकायप्रति संस्थाले हार्दिक आभार प्रकट गरेको छ ।



Leave a comment