पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभाको समापन असोज १६ गते हुने भएको छ । संस्थाले सूचना प्रकाशन गरि असोज १० गतेदेखि संस्थाको मुख्य कार्यालय तथा सदस्य सेवा कार्यालयमा उपस्थिति जनाउन सकिने जनाएको छ ।
आफूलाई पाएक पर्ने कार्यालयमा उपस्थित भइ प्रतिवेदन लिएर आवश्यक सुभाव तथा सल्लाह लिखित रुपमा दिन सकिने जनाएको छ । संस्थाले संचालक समिति तथा लेखा समितिको निर्वाचन कार्यक्रम समेत रहेको जनाएको छ ।
संस्थाको निर्वाचन कार्यक्रम असोज १३ गते देखि रहेकोले तालिका समेत सार्वजनिक गरेको छ । संस्थाले लाभांश तथा संरक्षित पूँजी फिर्ताकोषबाट रकम बितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।
Leave a comment