कुमारी साकोसको १८ औं बार्षिक साधारण सभाको समापन असोज ९ गते

कुमारी साकोसको १८ औं बार्षिक साधारण सभाको समापन असोज ९ गते :: Sahakari Akhabar

काठमाण्डौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको १८ औं बार्षिक साधारण सभा हुने भएको छ ।

संस्थाले सूचना प्रकाशन गरी संस्थाको १८ औं बार्षिक साधारण सभाको समापन असोज ९ गते हुने जनाएको छ । सभामा आर्थिक वर्ष ०७७/०७८ को बार्षिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ ।

सभामा संस्थाको कार्यक्षेत्र विस्तार, सेवाकेन्द्र थप, संस्था एकिकरण, लाभांश बितरणलगायतका विषयमा छलफल हुने सूचनामा उल्लेख छ ।

संस्थाले सदस्यहरुलाई भदौ २५ गतेदेखि असोज ८ गतेसम्म उपस्थित भइ मुख्य कार्यालय तथा सेवा केन्द्रहरुबाट प्रतिवेदन लिन सकिने जनाएको छ ।

चाबहिलमा मुख्य कार्यालय सहित कालीमाटी, ठमेल, साँखु र बालाजुमा रहेका सेवा केन्द्रमा सदस्यले उपस्थिति जनाउन सक्नेछन् । संस्थाले सदस्यलाई प्रविधि मैत्रि बनाउँदै एटिएम सेवासमेत संचालन गरेको छ ।

संस्थाले मोवाइल बैंकिङ, एसएमएस सर्भिस, इन्टरनेट सर्भिसलगायतका स्मार्ट बैंकिङ सेवा संचालन गर्दै आएको छ । सदस्यहरुले कुमारी सेभिङको मोबाइल एपमार्फत संस्थामा रहेको खाताबाट सिधै बैंकमा रकम ट्रान्सफर गर्न मिल्ने सेवा संचालनमा ल्याएको जनाएको छ । साथै संस्थाले सदस्यहरुलाई ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ । 




Leave a comment