अन्नपूर्ण सहकारीको साधारण सभा सम्पन्न

अन्नपूर्ण सहकारीको साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । अन्नपूर्ण बहुमुखी सहकारीको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले भदौ १२ गते देखि सुरु गरेको सभाको १८ गते शुक्रबार समापन गरेको हो । सभामा संस्थाका अध्यक्ष देवराज न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक वर्ष ०७७/७८ मा ७ करोड ७१ लाख २९ हजार ७ सय रुपैयाँ शेयर पूँजी पुर्याएको जनाए । त्यसैगरी संस्थाले ६२ करोड ७३ लाख ८० हजार १७१ रुपैयाँ बचत संकलन गरेको छ । संस्थाले ७१ करोड ४३ लाख ४४ हजार ४३१ रुपैयाँ ऋण लगानी गरेको उल्लेख छ ।

संस्थाले आयकर अघिको १ करोड ८५ लाख ३१ हजार १४ रुपैयाँ कुल बचत गरेको छ । ३ हजार ४ सय ८५ जना सदस्य रहेको जनाइएको छ । संस्थाले काठमाण्डौको भाग्यशाली बचत तथा अण सहकारी र सुलिकोट बचत तथा अण सहकारी संस्था काभ्रेसंग एकिकरण गरेको जनाएको छ ।

संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको जनाएको छ । संस्थाले कार्यक्षेत्र भित्र कृषक समुह तथा सहकारीसंग समन्वय गरि तरकारी संकलन केन्द्रको स्थापना गरिने, रासायनीक मलको डिलर संचालन गर्ने, कृषक तथा पशुपालक सदस्यहरुलाई सरल कर्जा उपलब्ध गराउने ।

साथै रेमिटेन्सको समेत सेवा उपलब्ध गराउनेलगायतका योजना रहेको अध्यष न्यौपानेले जानकारी दिए । संस्थाले भक्तपुरमा अन्नपूर्ण तरकारी तथा फलफूल बजार संचालन गर्दे आएको छ । 




Leave a comment