उप्रेतीलाई मेची सहकारीको सम्मान

उप्रेतीलाई मेची सहकारीको सम्मान :: Sahakari Akhabar

काठमाण्डौैँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती सम्मानित भएका छन् । सहकारी अभियानको प्रवद्र्धनमा गरेको महत्वपूर्ण योगदानको कदर गर्दै उप्रेतीलाई सम्मान गरिएको हो ।

उप्रेतीलाई मेची बहुउद्देश्यीय सहकारी संस्था झापाले स्थापना गरेको स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट संस्थाको २७ औं वार्षिक साधारणसभाका अवसरमा सम्मानित गरिएको हो ।

अध्यक्ष नारायणप्रसाद भट्टराइका अनुसार सहकारी बैंक तथा जिल्ला सहकारी संघ काठमाडौ, राष्ट्रिय सहकारी महासंघ लगायतका स्वदेशका संघ संस्थामा नेतृत्व गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेडाकको उपाध्यक्षको जिम्मेवारीमा रहेर समेत सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेकोले उप्रेतीलाई स्वर्गीय गणेश प्रसाद बस्नेत सहकारी अभियन्ता सम्मान प्रदान गरिएको हो । 

संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक समेत रहेका स्वर्गीय गणेश प्रसाद बस्नेतको स्मृतिमा पुरसकार स्थापना गरिएको हो ।  नगद २६ हजार सहित उप्रेतीलाई प्रदान गरिएको हो । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले शनिवार २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

संस्थामा गत असार मसान्तसम्ममा ९ हजार ४ सय ८० जना शेयर सदस्य, ३१ करोड, १४ लाख दुई हजाुर ६ सय शेयर पूँजि, १ अर्ब ९३ करोड ४ लाख १७ हजार बचत र २ अर्ब ५० करोड २९ लाख ६४ हजार कर्जा लगानी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ५३ लाख ९२ हजार खुद मुनाफा गरेको संस्थाले गत आ।व।मा ८ करोड ६१ लाख ४० हजार रुपैया मुनाफा गर्न सफल भएको बगालेले बताए ।



Leave a comment