हाइलाइट

सहकारीले पाँच करोडसम्म ऋण पाउने

सहकारीले पाँच करोडसम्म ऋण पाउने :: Sahakari Akhabar

काठमाडौं । सहकारीले पाँच करोडसम्म ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ संशोधन, परिमार्जन तथा थप व्यवस्था गरी अधिकतम पाँच करोडसम्म कर्जा पाउने व्यवस्था गरेको हो ।

यसअघि सहकारीले त्यस्तो कर्जा एक करोडसम्म मात्रै पाउने गरेका थिए । प्रति सदस्य पाँच लाखसम्म ननाघ्ने गरी समूह सदस्य संख्याको आधारमा कर्जा सीमा कायम गरिएको हो । यस्तो कर्जा बचत तथा ऋणको कारोबार गर्ने बाहेकका सहकारीहरुले पाउने छन् ।

सम्बन्धीत विषयगत सहकारीहरुले समूह, सदस्य मार्फत सामूहिक खेती तथा पशुपंक्षीपालन गर्ने प्रयोजनका लागि उक्त दिइने छ । यस्तो कर्जा यसअघि सदस्य समूहहरुले १ लाख २५ हजार भन्दा बढी पाउँदैनथे । यसरी प्रवाह भएको कर्जा दुरुपयोग भएको पाइएमा त्यस्तो कर्जालाई खराब कर्जाका रुपमा वर्गीकरण गरी १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्छ । 



Leave a comment