चीना थापा, विराटनगर । चीना थापा, विराटनगर । तीन तहको संघमा सदस्य लिनुपर्दा प्रारम्भिक संस्था त मारमा परेका छन् नै संघहरुको कारोबार पनि बाँढिएको छ । प्रारम्भिक संस्थाले विषयगत संघ जिल्ला संघ, विषयगत केन्द्रीय संघगरी तीन तहको सदस्यता लिनु परेको छ । साथै प्रदेश संघ र सहकारी बैंकसंग पनि सदस्यता लिएर कारोबार गर्दा संस्थाहरु सदस्यता शुल्कको मारमा परेका हुन् ।
विराटनगर महानगरपालिकाका १४५ वटा बचत तथा ऋण सहकारी संस्था मध्ये ६६ वटा सहकारी मात्र नेफ्स्कूनमा आवद्ध भएका छन् । अहिले मोरङका सबै स्थानिय तहलमा बचत तथा ऋण सहकारी दर्ता बन्द छ ।
जिल्लामा बचत तथा ऋण सहकारी धेरै भएको र केही बचत तथा ऋण सहकारीको नियम अनुसार नचलेका भन्दै दर्ता रोकिएको हो । थोरै लगानीका सहकारीहरुलाई मर्जमा लैजाने स्थानिय तहहरुको उद्देश्य छ ।
नेफ्स्कून विराटनगर सेवा केन्द्रका सहायक सुनिल चौधरीका अनुसार संघले सहकारीलाई आवद्धता गराउन पहल गरिरहेको छ । जिल्लाका सबै साकोसलाई संघमा आवद्धता लागि फारम भर्नका लागि छाडेको उनले बताए ।
संघमा आवद्धता हुनेक्रममा रहेको चौधरीले जानकारी दिए । जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध भएपछि केन्द्रमा किन हुने भन्ने कतिपयको बुझाईका कारण पनि केन्द्रिय संघमा आवद्धता कम भएको हुन सक्ने उनको बुझाई छ ।
केन्द्रिय संघमा आवद्ध भएका कतिपय सहकारी जिल्ला संघमा आवद्ध भएको देखिदैन । संघमा आवद्ध भएर नियमित बचत गर्ने सहकारीले ४ प्रतिशत व्याज पाउने गरेको चौधरीले जानकारी दिए । संघमा आवद्ध भएका सहकारीले विभिन्न शिर्षकमा कर्जा पनि पाउने गरेका छन् ।
विराटनगर सेवा केन्द्रले अहिलेसम्म ७ करोड ९५ लाख १३ हजार ४८६ रुपैया ऋण लगानी गरेको कार्यालय सहायक चौधरीले जानकारी दिए । २०७७ साल कात्तिक २३ गते नेफ्स्कूनको सेवा केन्द्र विराटनगरमा सञ्चालनमा आएको हो ।
सेवा केन्द्रमा ८६ लाख ६३ हजार १ सय शेयर पुगेको छ । ३ करोड ८३ लाख २ हजार ९१४ रुपैया बचत भएको छ । नेफ्स्कूनको अर्को सेवा केन्द्र मोरङको लेटाङ्गमा पनि रहेको छ । मोरङमा बचत तथा ऋण सहकारी ६०२ वटा रहेका छन् ।
Leave a comment