दोलखा । बैतेश्वर ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले चार बर्षे रणनीतिक योजना बनाउन कार्य सुरू गरेको छ। आज बाट सुरू भएको रणनीति योजना तीन दिन चल्ने छ ।
नेपाल बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा सञ्चालन भएको हो । रणनीति योजना तर्जुमामा नेफ्स्कूनका प्रशासन विभाग प्रमुख सञ्जय तिमिल्सिना, कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिना, कोमल राज अधिकारीले सहजिकरण गर्नेछन् ।
कार्यशाला गोष्ठिमा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति र उच्च ब्यवस्थापनका कर्मचारीहरूको सहभागीता रहने छ । हाल संस्थामा कुल बासलात २ अरब रहेको र १६ वटा सेवा केन्द रहेका छन । हालै संस्थाले काठमाडौ, भतपुर, ललितपुर महानगरपालिका र काभ्रे कार्यछेत्र थप गरेको छ ।
कार्यक्रमको बागमति प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहालले उद्धघाटन गरेका थिए । दहालले अबको योजना पहिलाको भन्दा पनि राम्रो र उत्कृष्ट हुन पर्नेमा जोड दिए । संस्थाका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा सुरू भएको छ ।
Leave a comment