काभ्रेमा सहकारी कर्मचारीको संगठन दर्ता

काभ्रेमा सहकारी कर्मचारीको संगठन दर्ता :: Sahakari Akhabar

बनेपा । काभ्रेपलाञ्चोकमा सहकारीमा काम गर्ने ब्यवस्थापकहरुको संगठन विधिवत् दर्ता भएको छ । भदौ २ गते दर्ता गरेको संगठनको नाम ‘कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेपलाञ्चोक’ रहेको छ ।

क्लवले सहकारीका सदस्यहरुको चाहना र आवश्यकता अनुसार गुणस्तरिय सेवा तथा बस्तु उपलब्ध गराउनकालागि कुशल ब्यवस्थापनको माध्यामबाट सहकारीको संस्थागत विकास, सुशासनको प्रत्याभूति, व्यवसायिकरण र सुव्यवस्थित सहकारीकालागि काम गर्ने छ ।

त्यसैगरी सहकारीमा कार्यरत व्यवस्थापन प्रमुख तथा कर्मचारीहरुको ज्ञान सिप, अन’भव र क्षमता विकासकालागि क्लव दर्ता गरिएको अध्यक्ष विवेक ठकुरीद्धारा जारी विज्ञप्ततीमा उल्लेख छ । क्लवले जिल्लामा संचालित सवै प्रकृतितका सहकारीका कर्मचारीहरुलाई समेट्ने जनाइएको छ ।

सहकारी अभियानको विषयमा विषय बहस पैरबीका लागि विषय विज्ञका रुपमा अभियानलाई सघाउने, सहकारी सस्थामा एकरुपता कायम गर्ने, सहकारीमा कार्यरत कर्मचारीकोलागि रोजगारी सुनिश्चिताकालागि पहल गर्नेलगायतका काम गर्ने जनाएको छ ।

क्लवमा ९ जनाको समिति रहेको छ । समितिको अध्यक्षमा बिबेकराज ठकुरी, उपाध्यक्ष गोपाल दाहाल, सचिव ठाकुरनाथ अधिकारी र कोषाध्यक्षमा सबिना पन्त रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुवाश बैद्य,यसोदा बोगटी,अरुण थापा, मनोज रायमाझी र गंगा दाहाल रहेका छन् । क्लवले सवै तहका सहकारी संघ संस्था, बैंकसंग सहकार्य गरी व्यवसायिक विकासमा प्राविधिक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।



Leave a comment