रेमिट साकोसको कारोबार १६ करोड

रेमिट साकोसको कारोबार १६ करोड :: Sahakari Akhabar

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले १६ करोडको कारोबार गरेको छ । सहकारीको निक्षेप १२ करोड रहेको छ भने ऋण लगानी पनि १२ करोड नै रहेको सहकारीले जनाएको छ । सहकारीको शेयर २ करोड ७५ लाख रहेको सहकारीकी अध्यक्ष उमा घिमिरेले जानकारी दिईन । 

सहकारीले अनुदानबाट मलखाद पनि वितरण गरिरहेको छ । ग्रामथानको २ नं. वडाका कृषकहरुलाई सहकारीले मलखाद वितरण गर्ने गरेको घिमिरेले जानकारी दिईन ।त्यसैगरी सहकारीले विगत दुई बर्षदेखि एम्बुलेन्स सेवा पनि सञ्चालन गरिरहेको छ । अनुदानको रुपमा लिईएको एम्बुलेन्समा आफ्ना शेयर सदस्यहरुलाई १० प्रतिशतसम्म छुट दिने गरेको अध्यक्ष घिमिरेले जानकारी दिईन ।

सहकारीले निशुल्क स्वास्थ्य शिविरहरु पनि आयोजना गर्ने गरेको छ भने विभिन्न परिवारका बालबालिकाहरुलाई पढाईमा सहयोग पुगोस् भन्ने उदेश्यले झोला लगायत स्टेशनरीका सामाग्री पनि वितरण गर्ने गरेको सहकारीले जनाएको छ । 




Leave a comment