उग्रतिर्थ साकोसले आफ्नै भवनबाट सेवा थाल्यो

उग्रतिर्थ साकोसले आफ्नै भवनबाट सेवा थाल्यो :: Sahakari Akhabar

काभ्रे । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा शुभारम्भ गरेको छ । बनेपा–७ स्थित संस्थाको भवन शुक्रवार विधिवत उद्धघाटन गरी सेवा शुरु गरिएको सचिव शान्तमणि रिजालले जानकारी दिए ।

पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई, नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । ३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ करोड ५० लाख शेयर पुँजी छ । ४५ करोड ऋण लगानी गरेको संस्थामा ४२ करोड बचत रहेको रिजालले जानकारी दिए । संस्थाको वासलास ६५ करोडको छ ।

२०६५ सालमा दर्ता भएर ४ बर्षअघि औपचारिक रुपमा कारोबार थालेको संस्थाले स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष १० जना विद्यार्थीलाई छात्रवृती प्रदान गर्दै आएको छ । सहकारीले एकल महिलाको लागि विना धितो २ लाखसम्म सहुलियत कर्जा उपलव्ध गराउँदै आएको पनि सचिव रिजालले जानकारी दिए ।



Leave a comment