सहारा नेपाल र किसान सहकारीलाई अन्तर्राष्ट्रिय ब्राण्ड

सहारा नेपाल र किसान सहकारीलाई अन्तर्राष्ट्रिय ब्राण्ड :: Sahakari Akhabar

काठमाण्डौं । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र कैलालीकोे किसान बहुउद्देश्यीय सहकारी संस्थाले अन्तर्राष्ट्रियस्तरको ब्रान्ड पाएका छन् । स्वावलम्बन विकास केन्द्रका सदस्य रहेका यी २ वटा संस्थाले सहकारी क्षेत्रमा  अन्तर्राष्ट्रिय स्तरको सदस्य सुरक्षा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गरेका छन् ।

यो प्रमाणपत्र संस्थाका सदस्यको लागि सुरक्षित छ भनेर अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पेनिङ संस्थाबाट निर्धारण गरिएका ७ वटा मापदण्ड र १ सय ९८ वटा सूचकहरु पालना भए नभएको स्वतन्त्र मूल्यांकनको आधारमा प्रदान गरिन्छ ।

यो प्रमाणपत्र प्रदान गर्नु अघि संस्थाले प्रदान गर्ने सेवाको पारदर्शिता, संस्थाको आत्मनिर्भरता वा मुनाफा आर्जन, उपयुक्त योजना निर्माण र कार्यान्वयन भए/नभएको हेरिन्छ । त्यस्तै समस्या समाधानको संयन्त्र, सदस्यहरुको सूचनाको गोपनीयता, संस्थाले सदस्यप्रति गर्ने न्यायपूर्ण र सम्मानजनक व्यवहार र जिम्मेवारपूर्ण लगानी तथा सदस्य प्रति जवाफदेहीतालगायत सूचकहरुको मूल्यांकन गरिन्छ ।



Leave a comment