जिल्ला संघले संस्थालाई इन्टरनेट सहित निशुल्क कम्पुटर दिने

जिल्ला संघले संस्थालाई इन्टरनेट सहित निशुल्क कम्पुटर दिने :: Sahakari Akhabar

दोलखा । जिल्ला सहकारी संघ दोलखाले संघको २९ औ स्थापना दिवसको अवसरमा इन्टरनेट सहित कम्पुटर तथा प्रिन्टर वितरण गर्ने भएको छ । सहकारीलाई प्रविधिमा पहुँच पुर्याउन कम्पुटर, प्रिन्टर तथा इन्टरनेटको समेत ब्यवस्था गर्ने भएको हो ।

संघको आज (भदौ १ गते) बसेको वैठकले स्थापना दिवसका कार्यक्रम तय गर्दै यो वर्ष बाट जिल्लामा रहेका सहकारीहरुलाई प्रविधिमा पहुच पुर्याउन आवश्यक संस्था छनोट गरी कम्पुटर, प्रिन्टर र ईन्टरनेटको समेत ब्यवस्था गर्ने अध्यक्ष हेमन्त चौलागाईले जनाए । 

साथै स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान गर्ने पनि भएको छ । संघले विभिन्न विधामा संस्था तथा व्यक्तीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको समितिका संयोजक देविप्रसाद शर्माले जानकारी दिए ।

संघले ५ सदस्य पुरस्कार छनोट उप-समिति समेत गठन गरेको छ । संघले उत्कृष्ठ ब्यवस्थापक, उत्कृष्ठ सहकारी संघ÷संस्था, उत्कृष्ठ सहकारीकर्मी, उत्कृष्ठ कारोबार गर्ने संघ /संस्था, पूर्व सञ्चालक, सञ्चारकर्मी लगाएत विधामा सम्मान गर्ने जनाएको छ ।

संघले सधै साधारण सभामा गर्ने सम्मान यो वर्ष बाट संघको स्थापना दिवस भदौ ४ गतेको दिन घोषणा गरेर साधारण सभामा वितरण गरिने निर्णय भएको संघका व्यवस्थापक अनिल दाहालले जानकारी दिए । संघमा ४३४ वटा सहकारी संघ/संस्था आवद्ध रहेका छन ।



Leave a comment