काभ्रे । जिल्ला सहकारी संघले आफ्नै सुविधा सम्पन्न भवन बनाउने भएको छ । जिल्ला सहकारी संघले निर्माण गर्न लागेको भवनको शिल्यान्यास गरेको छ । संघले बनेपा सहकारी चोकमा रहेको जग्गामा पूर्व अध्यक्ष माधवनारायण जोशी, कुलचन्द्र अधिकारी, मुकुन्दप्रसाद दाहाल शुभप्रसाद अधिकारी, सोमप्रसाद हुँमागाई, विनोद पराजुली, वर्तमान अध्यक्ष दिलिप शर्माले संयुक्त रुपमा भवन शिल्यान्यास गरेका छन ।
जिल्ला संघको भवन निर्माणको काम एक बर्षमा पुरा हुने लक्ष्य लिइएको संघका अध्यक्ष दिलिप शर्माले जनाए । खानी निर्माण सेवा प्रा.लि.ले चार करोड १९ लाख ७६ हजार रुपियाँमा ठेक्का सम्झौता गरी काम सुरुवात गरेको संघले जनाएको छ ।
Leave a comment