आफ्नै भवन बनाउँदै मोरङ सहकारी अस्पताल

आफ्नै भवन बनाउँदै मोरङ सहकारी अस्पताल :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगर वडा नं. ९ कलेज रोडमा सञ्चालित मोरङ सहकारी अस्पतालले आफ्नै भवन निर्माण गरिरहेको छ । अस्पतालले २४ करोड लगानीमा अत्याधुनिक प्रविधि सहितको आफ्नै भवन निर्माण गरिरहेको छ । २०५४ सालदेखि भाडाको घरमा सञ्चालन भईरहेको अस्पतालले विराटनगर महानगरपालिका २ शंकरपुरमा ५ कट्ठा जग्गामा भवन बनाएको हो ।

३० लाख लगानीमा सुरु भएको अस्पतालको लगानी नयाँ भवन निर्माणसँगै २४ करोड पुग्ने अस्पतालका निर्देशक विकास अधिकारीले जानकारी दिए । ‘५ कट्ठा जग्गामा निर्माणाधिन अस्तालमा तीन वटा ब्लक रहनेछ’, उनले भने, ‘एउटा ब्लकमा हेमोडाईलेशिस सेवा रहनेछ भने अर्काे ब्लकमा प्रशासनिक भवन र ओपिडि सेवा रहनेछ र मुख्य अस्पतालको रुपमा अर्को ब्लक रहेनेछ ।

८० प्रतिशत भवन निर्माणको काम सकिएको अधिकारीले जानकारी दिए । आउँदो मंशिरसम्मा भवन निर्माणको काम सकिने र अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउने उनको भनाई छ ।

अहिले नयाँ बनेको अस्पताल भवनमा निशुल्क हेमोडाईलेशिस सेवा पनि सञ्चालन हुनेछ । निःशूल्क सेवा सञ्चालनका निम्त्ति अस्पताल,लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेशनल तथा अन्तराष्ट्रिय लायन्सले संयुक्त रुपमा १ करोड ६५ लाख मुल्यको ७ वटा डाईलाइसिस मेशिन खरिद गरेको जडान गरिसकिएको छ ।

सेवा भदौ देखि नै सञ्चालन हुने अधिकारीले बताए । एक पटकमा ७ जना विरामीको डाइलेशिस गर्न सकिने अस्पतालले जनाएको छ । एक सय शैयाको अस्पतालमा नयाँ भवन निर्माणसँगै नयाँ प्रविधिको प्रयोग गरेर सर्वसाधारणको उपचार गरिने भएको छ ।

 सहकारीका सञ्चालक समिति सदस्य समेत रहेका अस्पतालका निर्देशक अधिकारीले अहिलेसम्म ७ करोड सहकारी बैंकको ऋण र बाँकी शेयर सदस्यको लगानीमा अस्पताल भवन निर्माण भएको बताए। भवन निर्माण भईसक्दासम्म अझै बैंकको ऋणमा थप हुने उनले जानकारी दिए ।

पछिल्लो समय आएका नयाँ उपकरणहरु जडान गरिने र विरामीको उपचार नयाँ प्रविधि मार्फत छिटोछरितो तरिकाले गर्नेतर्फ अस्पताल लागेको निर्देश अधिकारीले बताए । अस्पतालले सरकारी अस्पतालभन्दा केही महगो हुल्क भएपनि निजी भन्दा सस्तो शुल्कमा विरामीको उपचार गर्ने जनाएको छ ।

मोरङ सहकारी अस्पतालले नेपाल सरकारको आमाशुरक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । अस्पतालले आमासुरक्षा कार्यक्रम मार्फत निशुल्क प्रसुतिसेवा प्रदान गरिरहेको छ । मोरङ सहकारी अस्पताल नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी संस्था मार्फत सञ्चालित अस्पताल हो ।

उक्त सहकारीमा ४० जना शेयर सदस्य रहेका छन् । सहकारीका सञ्चालक समिति सदस्य समेत रहेका अस्पतालका निर्देशक अधिकारीले अहिलेसम्म ७ करोड सहकारी बैंकको ऋण र बाँकी शेयर सदस्यको लगानीमा अस्पताल भवन निर्माण भएको बताए । भवन निर्माण भईसक्दासम्म अझै बैंकको ऋणमा थप हुने उनले जानकारी दिए ।

सहकारीले आवश्यक परेको खण्डमा अस्पताल निर्माण वा स्वास्थ्य सम्वन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उदेश्यका साथ विभिन्न ठाउँमा गरी १ विगाहा जग्गा पनि खरिद गरिसकेको छ । स्वास्थ्य सहकारी मार्फत अस्पताल सञ्चालन गरेको सहकारीले सिटीभिटीको सहकार्यमा शैक्षिक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सामान्य चिकित्सा र फार्मेसी पढाई भईरहेको सहकारीले जनाएको छ ।

शकरपुरमा निर्माण भईरहेको अस्पताल स्विकृतिको लागि सबै काम सकिएको बताउँदै अधिकारीले पहिला सञ्चालनमा रहेको अस्पताल त्यही राख्न मिल्यो भने सेटलाईट क्लिनिकको रुपमा पुरानै ठाउँमा राख्ने योजना रहेको बताए । ‘यदि नमिलेको खण्डमा अस्पताल पुरै सार्नेछौं’, उनले भने अस्पतालको नाम पनि पुरानै राख्ने की अर्को फेनुपर्ने हो ? स्विकृति प्रक्रिया चलिरहेको भएर यसको यकिन भईसकेको छैन ।

अहिले अस्पताल सञ्चालनको लागि स्विकृति दिने अधिकार प्रदेश सरकारले नै पाएको छ । सामाजिक विकास मन्त्रालय मार्फत यो काम हुने गरेको छ । अस्पतालमा उपचारका लागि प्रदेश १ र २ का नागरिकसँगै भारतीय नागरिक पनि आउने गरेका छन् ।



Leave a comment