सदस्यलाई व्यवसायिक बनाउँदै लामो साँघु सहकारी

सदस्यलाई व्यवसायिक बनाउँदै लामो साँघु सहकारी :: Sahakari Akhabar

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामो साँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यको जीवनस्तर उकास्न विशेष ध्यान दिएको छ । सदस्यलाई उद्यमी बनाउन सहकारीले विशेष योगदान गरेको अध्यक्ष पुर्णचन्द्र ढकाल बताउँछन् ।

सिन्धुपाल्चोकमा ६ सय सहकारी छन् । सहकारीलाई समस्या पर्दा बहस, पैरबी गर्ने संघहरु भने छैनन् । जिल्लामा ६ वटा संघहरु दर्ता भएपनि ५ वटा सहकारी संघ निश्क्रिय छन् । तर जिल्लाका प्रारम्भीक सहकारीले सदस्यको जीवनस्तर सुधार गर्र्दै अघि बढेको छ ।

सहकारीले सस्तो ब्याजदरमा कृषि तथा पशुपालन क्षेत्रमा कर्जा प्रवाह गरेको अध्यक्ष ढकाल बताउँछन् । ‘कृषि उत्पादन गर्ने र व्यवसायिक पशुपालन तथा बाख्रापालन गर्ने सदस्य क्रमशः बढ्दै गएका छन्’ उनले भने । सिन्धुपाल्चोक कृषिको उर्वर भूमि भएकाले यहाँका सहकारीका सदस्यकोे रोजाइ कृषि पर्ने गरेको छ । 

२०७२ सालमा आएको महाभूकम्पले धेरै सहकारी तथा सदस्य थलिए । भूकम्पले सहकारीका धेरै सदस्यको आवास भत्कियो । अध्यक्ष ढकालका अनुसार भूकम्पपछि गत सालसम्म आवास निर्माणका लागि धेरैले कर्जा लिएका छन् ।

अहिले धेरे कृषक व्यवसायिक भएका छन्’उनले भने,‘कृषि उत्पादन नै सदस्यको पहिलो प्राथमिकता बनेको छ ।’ फर्निचर व्यवसाय र सवारी साधान समेत चलाएका छन् । लामो साघु २०६८ सालमा समूह हुँदै सहकारी बनेको थियो । बलेफी गाउँपालिकाले सहकारीलाई ध्यान नदिएकाले अलपत्र परेका छन् ।

अभिभावक संघसमेत सक्रिय नभएको र गाउँपालिकाले समेत सहकारी वेवास्ता गरेकाले सहकारी चिन्तित भएका छन् । सहकारीले मलखाद पनि बिक्री गर्छ । सहकारीले सीप सिकाएर सदस्यलाई उद्यमी बनाउन पहल थालेको छ । ‘सहकारीले रुपान्तरण के गर्यो, उत्पादन कतिबढ्यो भन्ने मुख्य विषय हो’ उनले भने,‘त्यसअनुसार हामी पनि सदस्यलाई व्यवसायिक बनाउँदै छौं ।’ अध्यक्ष ढकालले व्यवसायिक कृषिका लागि २२ जनाले ५० लाख ऋण लगेको बताए ।

सहकारीका १ हजार ८ सय ८९ जना सदस्य छन् । त्यसमध्ये ४ सय १४ जनाले ऋण लिएका छन् । सहकारीले पशुपालन कर्जा ९ प्रतिशतमै दिने गरेको छ । सहकारीले सहुलियत कर्जा लिएर आफ्ना सदस्यलाई पनि सिंगल डिजिटमै ऋण दिइरहेको संस्थाका ब्यवस्थापक रविन बिकले बताए ।

उनले ६९ लाख सेयर पूँजी, ५ करोड ८० लाख बचत तथा ५० लाख जगेडा कोष रहेको जानकारी दिए । त्यसैगरी संस्थामा ३८६ जना बाल र १७६९ सदस्य गरी जम्मा संस्थामा २१५५सदस्य रहेको र संस्थाले ७ करोेड बढी लगानी गरेको ब्यवस्थापक बिकले जानकारी दिए ।



Leave a comment