ललितपुर । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको दुईदिने सहकारीमा लघुवित्त सम्मेलन सात बुंदे प्रतिवद्धता जारी गर्दै बुधवार सम्पन्न भएको छ ।
सहकारी बैंकको १९ औंवार्षिकोत्सवको अवसरमा नेटवर्क फर द डेभलपमेन्ट अफ एग्रिकल्चर को—अपरेटिभ ईन एसिया एण्ड दिप्यासिफिक (नेडाक)को संयुक्त आयोजनामा साउन १९ र २० गते सम्मेलन भएको हो ।
सम्मेलनबाट सहकारी संघ÷संस्थाहरुले लघुवित्त संचालन गर्दा सहकारीको दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुरूप सवै सदस्यहरुलाई सहभागि गराउने कुराको सुनिश्चितता गर्ने ।
स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय दातृ संघ÷संस्था, बैंक तथा वित्तीय संस्थाहरु र विकास साझेदारहरु विच समन्वय गरी दिगो विकास लक्ष्यप्राप्तिको लागि स्थानीयस्तरमा क्षमता विकास ।
उद्यम व्यवसाय तथा मूल्य श्रृखला प्रवद्र्धन, लगानी बृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी लघुबित्त मार्फत सदस्यहरुको सामाजिक विकास र आर्थिक समृद्धिको अवसर सिर्जना गर्ने प्रतिवद्धता जारी गरिएको छ ।
यस्तै अति विपन्न परिवारलाई सहज रुपमा सिप, स्रोत, पूँजी उपलब्ध गराउँदै सहकारी मार्फत गरिबी न्यूनिकरण, उत्पादकत्व र रोजगारी सिर्जनामाअहम् भूमिकानिर्वाह गर्ने ।
राष्ट्रिय सहकारी बैंकलाई लघुवित्त कारोवार गर्ने सहकारी संघ÷संस्थाको प्रवद्र्धक निकायको रुपमा स्थापित गर्ने । विपन्न वर्गमा कार्य गरेका स्थानिय सहकारीहरुको साझेदारीमा लघुवित्त, लघु उद्यम र बित्तीय समावेशीकरण गर्न राष्ट्रिय सहकारी बैंकद्वारा सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ ।
यसैगरी सहकारी लघुवित्तको मोडेललाई ब्यवस्थित, सुशासित, प्रविधियुक्त र मर्यादित वनाउँदै आफ्नो छुट्टै पहिचान स्थापित गर्ने र लघुबित्त मार्फत राष्ट्रको गरिबीन्यूनिकरण अभियानमा ठोस भूमिका निर्वाह गर्ने ।
वित्तीय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गर्दै उद्यमशिलता, स्वःरोजगारी सिर्जना र बचत वृद्धि गरी विपन्नमूखि, सदस्यमूखि लैगिंक एवम् बित्तीय समावेशीकरणको अवधारणालाई बित्तीय सेवाप्रवाह मार्फत प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलनमार्फत गरिएको छ ।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले गरिबी न्यूनिकरणमा सहकारी लघुवित्त : नेपाल सरकारको नीति तथा कार्यक्रम विषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशव बडाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सुझाव प्रस्तुत गरेका थिए ।
बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी बैंकको भावी कार्य दिशा तथा गरिबी न्यूनिकरणमा सहकारी संस्था, संघ र बैंकको भूमिका विषयमा सहजीकरण गरेका थिए ।
दोस्रो दिनको कार्यक्रममा बैंकका सञ्चालक महेन्द्र गिरीले लघुवित्तमा सहकारीको भूमिका ः नेपालको यथार्थ, संभावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्र माथि लघुवित्त क्षेत्रका विज्ञ डा. नरहरि ढकाल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा बैंकका सल्लाहकार मिनराज कंडेलले टिप्पणी गरेका थिए ।
यस्तै कार्यक्रममा माइक्रो फाइनान्स थ्रो कोअपरेटिभ ग्लोबल एक्स्प्रियन्स विषयमा एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत एलिनीता सान रोकले प्रस्तुत गरेकी थिइन ।
उक्त कार्यपत्र माथि अप्राका कार्यकारी प्रमुख प्रशुन दास र ग्लोबल बोर्ड सदस्य, अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्य क्षओम देवीमल्ले टिप्पणी गरेकी थिइन् ।
कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, बैंकका सल्लाहकार केशब निरौला, धर्मदत्त देवकोटा, दीपक प्रकाश बास्कोटालगायतले मन्तव्य राखेका थिए ।
संचालक केदार मानन्धरले संचालन गरेको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले धन्यबाद सहित समापन गरेका थिए । बैंकले स्थापना दिवसको अवसरमा विभिन्न विधाबाट सहकारीमा योगदान गर्ने ब्यक्तीहरुलाई सम्मान गरेको थियो।
Leave a comment