हाइलाइट

सहकारीकर्मीलाई खोपले नखोप्दाको पिँडा

सहकारीकर्मीलाई खोपले नखोप्दाको पिँडा :: Sahakari Akhabar

काठमाडौँ । पोखराको खोपकेन्द्रमा दिनभरि लाइनमा बसेर पनि सहकारीका कर्मचारीलाई खोप लगाउन नदिएपछि सहकारीकर्मी भीम गुरुङले सामाजीक सञ्जालमार्फत पिँडा पोखेका छन् ।

सहकारीका कर्मचारीलाई खोप कहिले ?
आज मात्रै ज्ञानभूमि मा.बि नदिपुर पोखराको खोपकेन्द्रबाट दिनभर लाईनमा बस्न लगाएर करिब ३० बढी सहकारी संस्थाका ३०० बढी कर्मचारीलाई माथिको आदेश छैन भनी फिर्ता पठाईयो ।

- के सहकारीका कर्मचारीलाई कोरोना लाग्दैन हो ?
- के बार्षिक करोडौंको कर तिर्ने सहकारीलाई हेर्ने सरकारी नजर यहि हो ?
- के सहकारीका कर्मचारीहरु महामारीको समयमा पनि अग्रभागमा खटिएर जनताका सेवा गरेका हैनन ?
- अरु समुहका भन्दा सहकारीका कर्मचारी कसरी अर्को दर्जाको नागरिक जस्तो भयो ?
- अहिलेसम्म खोप लगाएका सहकारी कर्मचारीहरु कि त उमेर समुहबाट लगाएका छन् कि त आकल झुकल ।
- खै सहकारीको कर्मचारीलाई फलानो मितिमा खोप भनेको सूचना कहिले आउछ ?
- सायद देशभरका ६० हजार बढी कर्मचारी यो सुन्न आतुर छन् ।
- कहाँ छन हाम्रा अभियन्ता हरु ? खै हाम्रो पहिचान ?
- किन सम्बोधन र सुनुवाइ हुँदैन तपाइँको माग ?

सामाजीक सञ्जालमा सहकारीकर्मीको आक्रोश
माधवप्रसाद जोशी

सहकारीकर्मीलाई तुरुन्तै खोपको ब्यवस्था गर ।

बलराम गौतम

सहकारी अभियानको तर्फबाट ससक्त आवाज उठाऔ र पहल गरौ !

प्रदिप थापा

खोप लगाउन नपाएर दैनिक कार्य संचालनमा कठिनाई छ । सबै बर्गलाई छुट्याउँदा सहकारीका कर्मचारी माथि के को विभेद...। सहकारी अभियन्ताहरुको सशक्त आवाज सम्बन्धित निकायमा पुगोस...। हाम्रो साथ रहनेछ सर ।

टिकाराम सापकोटा

सहकारी अभियानको तर्फ बाट ससक्त आवाज उठाऔ र पहल गरौ !

खेमराज भण्डारी

सहकारीकर्मीलाइ सहकारी शिर्षकमा छिटै खोपको ब्याबस्था गरियोस ।

निरज सुनुवार
अहिलेसम्म सहकारीको लागि खोपको बिषयमा कुरा उठान भएको पाइएन ।

शिव सापकोटा

- के सहकारीका कर्मचारीलाई कोरोना लाग्दैन हो ?

- के बार्षिक करोडौंको कर तिर्ने सहकारीलाई हेर्ने सरकारी नजर यहि हो ?

- खोप सबैले लगाउन पउनु पर्छ, त्यो सहकारी चलाउन लगानी गर्नेले पनि लगाउने हो, कर्मचारी र अरू सबैलगानी गरिदिएर पो कर्मचारी हुन पाइयो ।

विष्णुप्रसाद तिवारी

सहकारीले अब कर तिर्नु भएन, के को लागि तिर्नु र ? अहिलेसम्म पनि सहकारीकर्मीलाई खोपको ब्यवस्था नगर्ने ? सहकारी प्रति हेर्ने नजर कहिले सम्म यस्तो हुने रहेछ ?

केदारनाथ उप्रेती

समुदाय सँग प्रत्यक्ष जोडिएको सहकारीका कर्मचारी लाई खोप नदिईनु खेदपुर्ण छ । छिटो भन्दा छिटो खोप उपलब्ध गराउन सरकार संग जोडदार माग गर्दछु !

देवीबहादुर बस्नेत

बल्ल भीम सरको आवाज आयो । पारीतोष लिंदै होलान खोप नदिने महारथीहरु ।

केशव ढकाल

अन्धोपन छ सर, सरकारको । कर तिर्ने बेला मात्रै सहकारीको खोजि गरिन्छ ।

रविन्द्र तिवारी

अग्र भागमा खटिएर महामारीमा समेत सेवाग्राहीलाइ सेवा प्रदान गर्ने र महामारी नियन्त्रणमा उच्च भूमिका निर्वाह गर्ने सहकारीकर्मिहरुलाइ राज्यले कहिलेसम्म उपेक्षा गर्ने ?

मिलन ढकाल

के सहकारीमा काम गर्ने कर्मचारीले खोप लगाउन पाउदैनन ?
- के महामारीको बेला सहकारीले राज्यलाइ योगदान गरेको थिएन ?
- के सहकारीले राज्यलाई कर तिरेको छैन ?
- सहकारीले यो महामारीको बेला राज्यलाइ गरेको सहयोग प्रशासनले चटक्कै बिर्सिएको छ । हिजो सहयोगको लागि अपिल गर्ने स्थानीय प्रशासन आज सहकारीको नाम सुन्न समेत चाहदैन किन यसरि अपेक्षा गरिएको छ ? अग्रपंक्तिमा खटेर गरिव जनतालाई सेवा प्रदान गर्ने सहकारीका कर्मचारी यो महामारीको बेला साच्चै प्रशासनलाइ दबाद दिन सडकमै आउनु पर्ने अवस्था आएको हो त ? सहकारी अभियानका केन्द्रिय संघ हरु ज्ञापनपत्र बुझाएर मात्र बस्ने होकी दवाब सृजना गर्ने हो ?

धर्म पौडेल

लगाउने लगाई रहेका छन भन्ने मात्र हो, उमेर समुह र कर्मचारीहरुको नाममा त । झनै दैनिक जनतासंग सरोकार हुने सहकारीको पालो त पहिल्यै आउनु पर्ने हो त ।

युनिक लामिछाने 
धिक्कार छ !! सहकारीका राष्ट्रिय÷केन्द्रिय नेतृत्वको हैसियत वडा अध्यक्षको जति पनि देखिएन । बरु वडा अध्यक्षलाई भनसुन गर्दा खोप्न पाईदो रहेछ ।

टिकाराम अधिकारी
खोप सुरुमा कोरोनाको उपचारमा अग्रभागमा रहेका स्वास्थ्यकर्मीहरुलाई दिइयो । दोश्रो चरणमा सुरक्षाकर्मी, रास्ट्रसेवक, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाको कर्मचारीहरुलाई दिएको जस्तो लाग्छ ।

हामीले पनि त्यै बेला लगाएको हो । तर कति साथीहरुले खोपमाथि अलि विश्वास पनि नगरेको जस्तो देखियो । त्यो बेला र लगाउनु भएन पनि । राष्ट्रिय सहकारी बैंकले आफ्ना कर्मचारी हरुलाई विशेष परिस्थिति बाहेक अनिवार्य खोप लगाउन निर्देशन दिएको थियो ।

वालिङ नगरपालिकाका सहकारी संस्थाको सबै कर्मचारीहरुलाई खोप लिन खबर गर्ने दुवै पटकको जिम्मा नगरपालिकाले हामी (राष्ट्रिय सहकारी बैंक लि वालिङ शाखा) दिएको थियो । हामीले त्यो जिम्मवारी पूरा गरेका थियौं ।

वालिङ नगरपालिकामा वैशाख अगाडि नै सबै सहकारी संस्थाका कर्मचारी हरूले (स्वेच्छाले नलागाउने बाहेक) दोश्रो खोप समेत लगाई सक्नु भएको छ ।

शिवशंकर मानन्धर
बैकका कर्मचारी प्राथमिकतामा पर्ने तर अझ बढी जोखिममा रहेर सेवा गर्ने सहकारी संस्थामा काम गर्ने कर्मचारीले भ्याक्सिन नपाउनु ज्यादै खेदजनक छ ।



Leave a comment