सहकारीका कानुनी समस्या समाधानका लागि पहल गर्छु : मन्त्री बुढा

सहकारीका कानुनी समस्या समाधानका लागि पहल गर्छु : मन्त्री बुढा :: Sahakari Akhabar

बागलुङ । गण्डकी प्रदेश सरकारका नवनियुक्त भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढा मगरले सहकरी क्षेत्रका कानूनी समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

उनले संघीय सरकारको सहकारी नीतिले गण्डकी प्रदेशका सहकारीलाई काम गर्न केही असहज भएको भन्ने आफूले महशुस गरेको बताए । मन्त्री बुढाले सहकारी क्षेत्रसंग सहकार्य गरेर थप योगदान पुग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आदर्श सञ्चार सहकारी संस्थाले शनिवार मन्त्री बुढा मगरलाई स्वागत तथा सम्मान गरेको छ । संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका सचिव ललिता थापाले जानकारी दिइन् । 
 



Leave a comment