झापाका सहकारी बन्द गर्न संंघकाे निर्देशन

झापाका सहकारी बन्द गर्न संंघकाे निर्देशन :: Sahakari Akhabar

झापा । झापा जिल्ला सहकारी संघले झापामा सञ्चालित सम्पूर्ण सहकारी संस्था बन्द गर्न निर्देशन दिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण जोखिम बढेको भन्दै सतर्क रहन संघले सबै सहकारीलाई भनेको हो । 

स्थानीय तहको पत्राचार अनुसार कार्यालय सञ्चालन गर्न संघले बनेको छ । जिल्लाका आ–आ–आफ्नो पालिकामा सम्पूर्ण गतिविधि बन्द गर्नेगरी लकडाउन कार्यान्वयन गरे अनुसार सम्बन्धीत पालिकाको समन्वयमा मात्रै कार्यालय सञ्चालन गर्न संघले भनेको छ । 

संस्थाका कर्मचारी, सञ्चालक तथा सदस्यहरुको मनोबल उच्च राख्न सरसल्लाह तथा सहयोग गर्न सहकारीलाई संघले सुझाएको छ । संघीय सरकार, स्थानीय सरकारबाट प्राप्त निर्देशनका साथै सहकारी अभियानबाट सूचना, सुझाव र निर्देशनहरु पालना गर्न गराउन संघले निर्देशन दिएको हो ।

सूचना पढ्नुहाेस्

Jhapacoops Fed

 

 



Leave a comment