प्रदेशका समस्याग्रस्त सहकारीको समस्या समाधानमा पहल गर्छौ 

प्रदेशका समस्याग्रस्त सहकारीको समस्या समाधानमा पहल गर्छौ  :: Sahakari Akhabar

ललितपुर । बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले प्रदेशका समस्याग्रस्त सहकारीको समस्या समाधानमा पहल गर्ने बताएका छन् । उनले सिभिल, ओरेण्टल तथा गुडवीललगायतका सहकारीका सदस्यले न्याय पाउनेगरी प्रदेश संघले काम गर्ने बताएका हुन् ।

उनले बागमती प्रदेशमै सहकारीका विकृति बढी भएकोले बदमासी गर्ने सहकारीलाई अनुगमन गर्ने र कारबाहीकालागि सिफारिस गर्ने रणनितिक योजना भएको बताए । संघले सहजीकरण पनि गर्ने बताए ।

बागमती प्रदेश सहकारी संघको प्रथम बार्षिकोत्सव कार्यक्रम तथा कार्यालय उद्धघाटनका क्रममा उनले सहकारीका सरोकारवालाहरु संगको सहकार्यमा सहकारीमा सुशासन ल्याउने कार्य गर्ने बताए ।

उनले सहकारीका बाझिएका ऐन संसोधनका विषयमा पनि पहल गरिरहेको बताएका छन् । उनले जिल्ला सहकारी संघहरुसंग सहकार्य गरिहेको भएपनि अन्ततः संघियता लागु हुनुपर्ने उनले बताए । संघले ललितपुरको सातदोबाटो स्थित सुमेरु मार्टमा कार्यालय स्थापना गरेको छ ।

संघमा हाल जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्था गरी करिब १ सय १० सदस्य आवद्ध भएका छन् । संघ दर्ताको क्रममा ५६ संघ आवद्ध थिए । संघले जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाबाट सेयर समेत संकलन गर्दै आएको छ ।

सदस्यबाट प्राप्त सेयरलाई उत्पादनमुलक व्यवसायमा लगानी गर्ने सोंच संघले बनाएको अध्यक्ष घिमिरेले जानकारी दिए । अन्तरलगानीको काम भने नगर्ने उनले प्रष्ट पारे । संघमा ३० लाख शेयरपूँजी रहेको छ ।



Leave a comment