बजेट अभावले कृषि संघको ५० मेट्रिकटन क्षमताको कोल्ड स्टोरेज अलपत्र

बजेट अभावले कृषि संघको ५० मेट्रिकटन क्षमताको कोल्ड स्टोरेज अलपत्र :: Sahakari Akhabar

प्रदेश सरकारसँग बजेट माग गरिएको र कोरोनाको कारण देखाउँदै बजेट नआएपछि स्थानिय तहहरुसँग माग गरिएको उनले बताए । स्थानिय तहले सहयोग गरे भने कोल्ड स्टोरेज छिट्टै सञ्चालनमा आउने उनको भनाई छ ।

चीना थापा, विराटनगर । कृषि सहकारी संघ मोरङले ५० मेट्रिकटन क्षमताको कोल्डस्टोरेज संचालन गर्ने भएको छ । एक करोड लगानीमा निर्माण गरिएको कोल्ड स्टोरेजको भवन निर्माण सकिएपनि बजेट अभावमा भित्रको निर्माण काम रोकिएको संघका अध्यक्ष रविन्द्र आचार्यले जानकारी दिए ।

सदस्य संस्थाहरुको सहयोगमा निर्माण भएको कोल्ड स्टोरको क्षमता ५० मेट्रिकटन रहेको छ । स्टोरका लागि आवश्यक सामाग्री किनेर पूर्ण रुपमा सञ्चालन गर्न बजेट अभाव भएकाले स्थानिय तहहरुमा बजेट माग गरिएको आचार्यले जानकारी दिए ।

प्रदेश सरकारसँग बजेट माग गरिएको र कोरोनाको कारण देखाउँदै बजेट नआएपछि स्थानिय तहहरुसँग माग गरिएको उनले बताए । स्थानिय तहले सहयोग गरे भने कोल्ड स्टोरेज छिट्टै सञ्चालनमा आउने उनको भनाई छ ।

संघले अर्गानिक मलहरु प्नि विक्रि वितरण गरिरहेको छ । रसायनिक मल भन्दा अर्गानिक मल गुणस्तरीय हुने भएकाले चितवनदेखि ल्याएर कृषकहरुलाई उपलब्ध गराउने गरेको अध्यक्ष आचार्यले बताए । 
संघले घान खेति पनि सुरु गरेको छ । संघको आफ्नै जग्गामा धान खेति गरेको हो । संघको नाममा १७ कठ्ठा जमिन छ ।

त्यसमध्ये १ कठ्ठामा कोल्ड स्टोरेज निर्माण गरिएको र बाँकीमा धान खेति गरिएको आचार्यले जानकारी दिए । कृषि बजारको लागि भनेर लिएको जग्गामा बजार सञ्चालन नभएपछि धान खेति सुरु गरिएको उनले भने । अब मौसम अनुसारको बालीहरु लगाउदै जाने उनको भनाई छ ।

बजेट नभएकाले कृषि बजार सञ्चालनमा समस्या भएको र बजेट आयो भने कृषि बजार सञ्चालन गर्ने तयारी रहेको पनि उनले बताए । आर्थिक सहयोग जुटेमा कृषि बजारको लागि भौतिक संरचना पनि निर्माण गर्दै जाने तयारी संघको छ । संघमा अहिले ७४ वटा कृषि सहकारी संस्था आवद्ध भएका छन् । 
 



Leave a comment