काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि नयाँ सेवा सुरु गरेको छ । अब संस्थाका सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानी संस्थाबाट नै गर्न सकिने ब्यवस्था गरेको छ ।
संस्थाको कार्यालयमा सो सम्बन्धी कार्यको लागि एउटा छु्ट्टै स्मार्ट काउन्टरको स्थापना हुनेछ । उक्त सेवा सञ्चालनको लागि स्मार्ट सर्भिस इन प्रा.लि. र चन्द्रागिरि साकोस बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ब्लूबुकको नविकरण, प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
व्यस्त दैनिकीका कारण कयौं व्यक्तिहरुले समयमै सवारी कर भुक्तानी तथा ब्लुबुक नविकरण नर्गदा जरिवाना तिर्नु पर्ने हुन्छ, यस परिस्थितिमा सदस्यहरुको सहजताको लागि यो सेवाको विकास गरिएको उनले बताए ।
Leave a comment