मेगा ड्रिमको ३ दिने कार्यशाला गोष्ठि सम्पन्न 

मेगा ड्रिमको ३ दिने कार्यशाला गोष्ठि सम्पन्न  :: Sahakari Akhabar

काठमाण्डौं । मेगा ड्रिम सहकारीको ४ वर्षे रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले संस्थाको लागि “स्वस्थ, व्यावसायिक र उत्कृष्ट मेगा ड्रिम“ भन्ने संस्थाको दुरदृष्टि भिजन पारित गरेको छ । संस्थाले श्रावण ८, ९ र १० गते (३ दिन) आगामी वर्षकोलागि रणनीतिक योजना सम्वन्धि गाष्ठि संचालन गरेको थियो ।

गोष्ठीमा संस्थाको आगामी ४ वर्षको लागि लक्ष्य, रणनीति, बजेट र योजना निर्माण कार्य सम्वन्धि छलफल तथा निणर्य गरेको संस्थाका सचिव महाशंकर रेग्मीले बताए । कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, प्रमुख कार्यकारी अधिकृत सहित व्यवस्थापनका प्रमुख पदाधिकारीहरु सहित २६ जनाको सहभागिता रहेको थियो । ओशो तपोवन स्थित ग्रिनलिफ रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रशिक्षक कृष्ण प्रसाद आचार्यले सहजीकरण गरेका थिए ।



Leave a comment