जरिवाना तिरेर गत वर्षको प्रतिवेदन बुझाउन सहकारीलाई प्रदेश १ को सूचना

जरिवाना तिरेर गत वर्षको प्रतिवेदन बुझाउन सहकारीलाई प्रदेश १ को सूचना :: Sahakari Akhabar

काठमाण्डाै‌ । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता गरेको छ । कार्यालयले सूचना प्रकाशन गरी लेखा परिक्षण सहितको बार्षिक प्रतिवेदन कार्यालयमै आएर बुझाउन भनेको छ ।

सूचनामा संस्थाहरुले ढिलोगरी इमेल मार्फत विवरण पठाएकोले बार्षिक प्रतिवेदन पठाउनेको लिष्टमा समावेस भएतापनि प्रतिवेदन प्राप्त हुन बाँकी रहेकोले यथाशिघ्र बुझाउन अनुरोध गरेको छ ।

सूचनामा झापा, मोरङ, तेह्रथुम, पाँचथरका १७ वटा सहकारीको नाम सार्वजनिक गरेको छ । प्रतिवेदन नबुझाउनेमा झापाका ९ वटा संस्था रहेका छन् ।

त्यसैगरी मोरङका ५ वटा संस्था रहेका छन् भने तेह्रथुमको १ वटा र पाँचथरका २ वटा संस्था रहेका छन् । कार्यालयले जरिवाना तिरेर कार्यालयमा संस्थाको बार्षिक विवरण बुझाउन सकिने जनाएको छ ।



Leave a comment