पहिला ‘सहकारी सुधार गर्ने प्रतिबद्धता गर्नुस् : अर्थमन्त्री

पहिला ‘सहकारी सुधार गर्ने प्रतिबद्धता गर्नुस् : अर्थमन्त्री :: Sahakari Akhabar

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले सहकारी नेतासंग सहकारीलाई सुधार गर्ने प्रतिबद्धता मागेका छन् ।

उनले सहकारीलाई नियमन गर्ने छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने भएको भन्दै यसबारेमा सरोकारवालाहरुसंग परामर्श लिइरहेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघसँग शुक्रबार भएको भेटघाटको क्रममा सहकारी ठूलो नेटवर्क भएकोले यसलाई व्यवस्थित बनाउने र राज्यले स्वामित्व लिनुपर्ने अवस्था आएको बताए ।

उनले सहकारीको लगानी गाडी, जग्गामा भन्दा पनि कृषि उत्पादन, उद्योगमा गर्न अभियानबाट प्रतिबद्धता चाहेको बताए ।

सहकारीलाई प्राथमिकता दिन र अगाडि बढाउनका लागि राज्यले स्वामित्व लिनुपर्ने भएकाले यसलाई नियमन गर्ने छुट्टै संयन्त्र तयार गर्ने बताए । ७ खर्ब पुँजीमध्ये उत्पादनमा कति लगानी गर्ने भन्ने विषयलाई अभियानले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘सहकारीका केहि कुरा सुधार गर्ने प्रतिबद्धता पनि दिनुपर्छ म अभियानबाट उठेको कुराहरु सम्बाधेन गर्न तयार छु ।

उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता चाहियो यो मेरा माग हो ।’ उनले भने, जनअपेक्षा अनुरुप मुलुकको आर्थिक विकासका लागि उपयुक्त नीति तर्जुमा गरी आर्थिक समृद्धि हासिल गर्नतर्फ आफू क्रियाशिल रहने उनले बताए ।

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको वर्तमान अवस्था र यसले नेपालको अर्थतन्त्रमा खेलेको भूमिको विषयमा प्रष्ट पार्दै सहकारी क्षेत्रलाई डिजिटलाइजेसनमा जानका लागि सहज वातावरण तयार गर्नुपर्ने बताए।

शुक्रबार महासंघका प्रतिनिधिले अर्थमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।




Leave a comment