सहकारी बैंकको नाफा ४७ प्रतिशतले वृद्धि

सहकारी बैंकको नाफा ४७ प्रतिशतले वृद्धि :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.४१ प्रतिशतले नाफा बढेको छ । बैंकको गत आर्थिक वर्ष २०७७÷०७८ को चौथो त्रैमासमा १ अर्ब ६६ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । बैंकको गत त्रैमासको अपरिश्कृत विवरण अनुसार गत त्रैमासमा ६२ करोड २२ लाख नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष निस्कृय कर्जा भने बढेको छ । गत आर्थिक वर्षमा ०.७० रहेको बैंकको निष्कृय कर्जा १.३९ प्रतिशत पुगेको छ । २ अर्ब ८७ करोड रुपैयाँ सेयर पुँजी रहेको बैंकको १ अर्ब ५२ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ ।

पछिल्लो ३ वर्षमा बैंकको वासलात २२७ प्रतिशतले वृद्धि भएको छ । सेयर रकम १७६ प्रतिशत, कर्जा लगानी १९० प्रतिशत, बचत २३२ प्रतिशत र नाफा २१० प्रतिशतले बृद्धि भएको जनाइएको छ । बैंकको कुल सम्पत्ती ७१ अर्ब ६८ करोड पुगेको छ । गत वर्ष बैंकको कुल सम्पत्ती ५० अर्ब ८९ करोड थियो ।

आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ सेयर सदस्य, २ अर्ब ५० करोड सेयर पुँजी, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्ने लक्ष्य लिएको छ ।




Leave a comment